२०८१ जेष्ठ ५, शनिबार
नयाँ
पछिला अपडेट

मध्यविन्दु कांग्रेस उम्मेदवारी दर्तासँगै घरदैलो अभियानमा

२०७९ बैशाख १७, शनिबार प्रकाशित ( साल अघि) १२८७ पाठक संख्या

चोरमारा । स्थानीय तहको निर्वाचनमा उम्मेदवारी दर्ता गरेसँगै मध्यविन्दुमा नेपाली कांग्रेसका उम्मेदवारको घरदैलो अभियान सुरु भएको छ । निर्वाचन आयोगले जारी गरेको कार्यतालिकाअनुसार स्थानीय तहको विभिन्न पदमा उम्मेदवारी दिएका उम्मेदवारहरुले घरदैलो अभियान थालेका हुन् ।

यसैक्रममा आज शुक्रबार मध्यविन्दुको कोल्हुवामा नगरपालिकाको प्रमुख, उपप्रमुख तथा मध्यबिन्दु –२ नम्बर वडाको विभिन्न पदमा कांग्रेसबाट उम्मेदवारी दर्ता गरेका उम्मेदवारहरुले घरदैलो अभियान गरेका छन् ।

FB_IMG_1651257406447

उनीहरुले घरदैलो अभियानमार्फत मतदातालाई प्रत्यक्ष रुपमा भेटघाट गरेर आफू र नेपाली कांग्रेसको टिमलाई जिताउनका लागि भोट दिन अपिल गरेका हुन् । नगर प्रमुख पदका उम्मेदवार सुर्य गुरुङ , उपप्रमुख पदका उम्मेदवार टिका कुमारी महतो , मध्यबिन्दु – २ का वडाध्यक्षका उम्मेदवार नारायण पौडेल वडासद्स्य पदका उम्मेदवारहरुको टोलीले घरदैलो गरी भोट मागेका छन् । उक्त टोलीले आसन्न निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवारलाई अत्यधिक मत दिएर विजयी बनाउन समेत आग्रह गरेको जनाएको छ ।

Received_585817112487717

मध्यबिन्दु नगरपालिकाको प्रमुख पदका उम्मेदवार सुर्य गुरुङले मध्यबिन्दु नगरपालिकालाई समृद्ध बनाउन र समाजमा रहेको जातीय, वर्गीय विभेदको अन्त्यसँगै शिक्षा र चेतनाको विकास गर्नका लागि आफू चुनाबी मैदानमा होमिएको बताउनुभयो । घरदैलो अभियान कार्यक्रममा नेपाल कांग्रेसका प्रदेश सभा प्रतिनिधि आशमा पुन , क्षेत्रिय सदस्य गुनाखर चापागाई, दिपक बोटे , क्षेत्रिय प्रतिनिधि तारा बोहरा , जामुन राम थारु , वडा सभापति रेशम थापा, उपाध्यक्ष तिलक महतो लगायत नेता तथा कार्यकर्ता सहभागी भएर थियो ।

Received_5337261156305455

Received_5057025501001481

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
५%१%१%१%

प्रतिक्रिया दिनुहोस