२०८१ जेष्ठ ५, शनिबार
नयाँ
पछिला अपडेट

विनयी त्रिवेणीमा कांग्रेसका दुई जना बागीले उम्मेदवारी फिर्ता लिएनन्

२०७९ बैशाख १७, शनिबार प्रकाशित ( साल अघि) १०८५ पाठक संख्या

“दिनभरि गाउँ डुल्दा पनि उम्मेदवार नभेटेपछि निराश”

कावासोती । त्रिवेणी गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा कांग्रेसका बागी दुई जनाले उम्मेदवारी फिर्ता लिएनन् । अध्यक्षमा मनोनयन गरेका विष्णु ढकाल र उपाध्यक्ष मिना रानाले नाम फिर्ता नलिएका हुन् ।

ढकाल त्यहाँको वडा नम्बर २ का निर्वाचित अध्यक्ष हुन् । त्यसैगरी त्यहाँ यसअघि गाउँपालिका उपाध्यक्ष रहिसकेकी रानाले पनि फिर्ता लिइनन् । उनीहरुलाई खोज्न जिल्ला पार्टी सभापति महेन्द्रध्वज जिसी दिनभरि गाउँ डुल्दा पनि उम्मेदवार नभेटेपछि निराश भएर फर्किएका थिए ।

‘दुवै उम्मेदवार सम्पर्कमा आउनुभएन,’ कांग्रेस जिल्ला उपसभापति बालकृष्ण घिमिरेले भने, ‘सम्पर्कमै नआएका कारण आज भेट्टाउन सकिएन ।’ दुवैजना यसअघि त्यहीँका निर्वाचित प्रतिनिधि भएका कारण भोलि पर्सीमा कुरा मिलिहाल्ने उनले दाबी गरे । ‘हिजो उहाँहरु दुवैलाई कांग्रेसले नै टिकट दिएर विजयी गराएको हो,’ घिमिरेले भने, ‘२/४ दिनमा कुरा मिलिहाल्छ ।’

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
४%२%३%१%१%

प्रतिक्रिया दिनुहोस