२०८२ माघ ४, आईतबार
नयाँ
पछिला अपडेट

कावासोतीको नगरप्रमुखमा स्वतन्त्र उम्मेदवारी दिएका गुरौ र पन्तले उम्मेदवारी फिर्ता लिने

२०७९ बैशाख १६, शुक्रबार प्रकाशित ( साल अघि) ११३१ पाठक संख्या

कावासोती । वैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनमा कावासोती नगरपालिकाको नगरप्रमुखमा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका कांग्रेस नेताहरु कमलराज गुरौ र नारायण पन्तले उम्मेदवारी फिर्ता लिने भएका छन ।

कांग्रेस नेताहरु सँगको छलफल पछि स्वतन्त्र उम्मेदवारी दर्ता गराएका गुरौ र पन्तले उम्मेदवारी फिर्ता लिने सहमति भएको हो ।

त्यस्तै नेपाली कांग्रेसले यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा बागी उमेदवारहरूलाई पार्टीबाट निष्कासन गर्ने बताएकाे छ। पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज (शुक्रबार) जारी गरेकाे विज्ञप्ति जारी गरी यस्ताे जानकारी दिएका हुन्।

यसअघि प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवाले पनि विद्रोही उम्मेदवारलाई उम्मेदवारी फिर्ता लिन अपिल गरेका थिए।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस