२०८१ जेष्ठ ५, शनिबार
नयाँ
पछिला अपडेट

नवलपुरमा भोट माग्न आएका उम्मेदवारलाई लाल पुर्जा

२०७९ बैशाख १५, बिहिबार प्रकाशित ( साल अघि) १२१५ पाठक संख्या

बिबेक भण्डारी । मत माग्न घरदैलो अभियानमा रहेका उम्मेदवारहरुलाई नवलपुरका स्थानियले जग्गाको पुर्जा प्रदान गरेका छन । विहिवार जिल्लाको देवचुली नगरपालिका वडा नम्बर चारका स्थानियहरुले सोहि वडामा मत माग्न घरदैलो गर्दे आएका नेकपा एमालेका उम्मदवारलाई जग्गा पुर्जाको नमुना दिएका हुन ।

देवचुली नगरपालिका नगर प्रमुखका उम्मेदवार हरि न्यौपाने, नगर उपप्रमुखका उम्मेदवार पार्वता तिवारी संगै वडा नम्बर चारका लागि उम्मेदवारी दिएका वडा अध्यक्ष सहितलाई ८४ वर्षिय बृद्धा ठगुमाया ढकालले घरदैलो आएका उम्मेदवारलाई पुर्जाको नमुना हस्तान्तरण गर्नुभएको थियो । सुकुम्बासी समस्या समाधन हुन नसकेको लामो समय भइ रहदा कुनै क्षेत्रबाट समस्या समाधन नभएको भन्दै अब चुनावमा बिजय हुने उम्मेदवारले पहिलो प्राथमिकता सुकुम्बासी समस्या समाधान तर्फ ध्यान केन्द्रित गर्न चुनाव अवधिभर घरदैलो अभियानमा आउने सबै दलका उम्मेदवारहरुलाई पुर्जाको नमुना प्रदान गर्ने स्थानिय सिताराम ढकालले बताउनुभयो । उहाँका अनुसार गत चुनावमा प्रत्येक दलले देवचुली वडा नम्बर ४ का स्थानियहरुलाई जमिनको मालिक बनाएर छाड्ने पहिलो एजेण्डा बनाएको भए पनि पाचँ वर्ष वितेर फेरी स्थानिय चुनाव आउदाँ सम्म आफ्नो एजेण्डा पुरा गर्न नसकेको कारण स्थानियहरु मिलेर सांकेतीक रुपमा पुर्जाको नमुना प्रदान गरेको बताए ।

स्थानियले उम्मेदवारहरुलाई प्रदान गरेको पुर्जाको नमुनामा उम्मेदवारहरुकै तस्वीर राखि उनिहरुकै नाममा चार नम्बर वडाको ९५ हेक्टर पुर्जा विहिन जमिनको क्षेत्रफल नै राखि पुर्जा प्रदान गरेका हुन । पुर्जा लिदैँ नेकपा एमालेबाट नगर प्रमुखका उम्मेदवार हरि न्यौपानेले आफुहरुलाई स्थानियहरुले सांकेतीक रुपमा प्रदान गरेको पुर्जाको नमुनालाई साच्चिकै बनाएर पुर्जा हस्तान्तरण गर्नुपर्ने अवस्था आएको बताउनुभयो । बृद्धा आमाले प्रदान गरेको नमुना जमिन पुर्जालाई आफु बिजय भए पश्चात सक्कल पुर्जा बनाएर दिने पहिलो कार्य भएको बताउनुभयो । यस्तै पुर्जा ग्रहण गर्दे नगर उपप्रमुख उम्मेदवार पार्वता तिवारीले सांकेतीक रुपमा पुर्जा आवस्यक छ भन्ने खालको संन्देश आफुहरुलाई आएको र यसलाई आफुहरुले प्राथमितामा राख्ने बताउनुभयो ।

उहाँले आफु नगरपालिकाको उपमेयर हुदा सुकुम्बासी समस्या समाधान गर्न विभिन्न कार्यहरु गरेको बताउदै अब भने यो विषयमा नचुक्ने बताउनुभयो । यस अघि सो वडामा पुर्जाको माग गर्दे नो लाल पुर्जा , नो भोट अभियान समेत संञ्चालन गरेका थिए । अहिले वडामा चुनावि माहोल छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%२%

प्रतिक्रिया दिनुहोस