२०८१ जेष्ठ ५, शनिबार
नयाँ
पछिला अपडेट

प्रकाश पराजुलीको आवाजमा नयाँ गीत “सरर भागौला” सार्वजनिक (भिडियो सहित)  

२०७९ बैशाख १४, बुधबार प्रकाशित ( साल अघि) १६०५ पाठक संख्या

कावासोती । दोहोरी च्याम्पियनका बिजेता सुमधुर स्वर तथा शब्दका धनी गायक प्रकाश पराजुलीको आवाजमा नयाँ गीत “सरर भागौला” सार्बजनिक भएको छ ।

उक्त गीत आईतबार “प्रकाश पराजुली”नामक अफिसियल युट्युब च्यानलबाट सार्वजनिक भएको हो । लोकप्रिय गायक प्रकाश पराजुली र अस्मिता अधिकारीले गाएको उक्त गितमा गायक पराजुलिकै उत्कृष्ट लय शब्द सृर्जना रहेको छ ।

गितमा माया प्रेमकै विषयवस्तु दर्शाईएको पाईन्छ ।
सुनिल क्षेत्रीको निर्देशन एवम् कोरियोग्राफीमा तयार पारिएको सो गितको म्युजिक भिडियोमा सुनिल क्षेत्री,गीता ढुंगाना,रश्मि भट्ट,लोमस शर्मा,सुरेन्द्र बस्याल,जोन बम,अस्मिता रनपाल,सृष्टि वाग्ले र जुनु एसडिको फिचर एवम् अभिनय रहेको छ ।

अत्यन्तै उत्कृष्ट शैलीमा तयार पारिएको गितको म्युजिक भिडियोलाई करण चैसिरको छायांकन एवम् बिकाश ज्ञावलिको सम्पादन रहेको छ ।

गीतको पूरा भिडियो हेर्नुहोसस् :-  https://youtu.be/pnR6D5CnfPQ

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%२%१%

प्रतिक्रिया दिनुहोस