२०८१ जेष्ठ ५, शनिबार
नयाँ
पछिला अपडेट

नवलपुरमा गठबन्धनमा सहमति- स्थानीय तह निर्वाचन

२०७९ बैशाख ११, आईतबार प्रकाशित ( साल अघि) १६३८ पाठक संख्या

कावासोती । नवलपुरमा गठबन्धनमा भागबण्डा मिलेको छ । यहाँ कांग्रेस र गठबन्धनका अन्य ४ दलबीच सिट बाँडफाँट गरेर निर्वाचनमा जाने सहमति जुटेको छ ।

शनिबार राति ११ बजे सकिएको बैठकले निर्वाचनमा गठबन्धन गरेर जाने निर्णय गरेको हो । यहाँको कावासोती, देवचुली नगरपालिका र बौलीकालीमा उपप्रमुख माओवादीलाई दिने सहमति भएको हो ।

कांग्रेस जिल्ला सचिव होमराज रानाभाटले ती तिनवटा पालिकामा उपप्रमुख पद माओवादीलाई दिने र अन्य दललाई १० वटा वडा दिनेगरी सहमति भएको जानकारी दिए ।

यसअघि गठबन्धनका दलले ७ वटा पालिका मागेका कारण वार्ता अघि बढन सकेको थिएन । राति अबेर दुई दलबीच सहमति भएको हो ।

गैंडाकोटमा माओवादी र जनमोर्चालाई ४ वटा वडा दिने निर्णय भएको छ । ३ वटा माओवादीलाई र एउटा वडा जनमोर्चालाई दिने निर्णय भएको छ । त्यस्तै कावासोती, र मध्यविन्दु नगरपालिकामा पनि वडा सदस्य दिने सहमति भएको रानाभाटले जानकारी दिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
३%१%१%

प्रतिक्रिया दिनुहोस