२०८१ बैशाख २३, आईतबार
नयाँ
पछिला अपडेट

नवलपुरमा गठबन्धनबाट बाहिरियो माओवादी केन्द्र

२०७९ बैशाख १०, शनिबार प्रकाशित ( साल अघि) १७१२ पाठक संख्या

अर्जुन अविरल
कावासोती । नवलपुरको ५ दलिय गठबन्धनमा कुरा नमिलेपछि माओवादी केन्द्र वार्ताबाट निस्केको छ । गठबन्धनको मर्म नबुझेकाले काँग्रेससंगको बैठकबाट निस्केको जिल्ला संयोजक तथा वार्ता टोलीका सदस्य धनप्रसाद सापकोटाले जानकारी दिनुभयो ।

काँग्रेस जिल्ला सभापति महेन्द्र ध्वज जि सिले अरूलाई एक/दुई वटा चारो झै छर्केर अरूलाई खासै दिन नखोजेको र आफूहरू एक्लै पनि लड्न सक्ने कुरा बताएपछि माओवादी केन्द्र वार्ताबाट निस्केको हो।

माओवादीलाई आठवटा पालिकामा दुई वटा उपमेयर र जिल्लामा दश वटा भन्दा बढि वडा दिन नसक्ने बताएपछि आफू निस्केको जिल्ला सचिव तथा अर्का वार्ता टोली सदस्य सुष्मा खनालले जनाउनुभयो । काँग्रेससंग कुरा नमिले पनि चार दलको गठबन्धन भने बाँकी नै रहेको जनाईएको छ ।

केन्द्रले पाँच दलको गठबन्धन बाहेक अरूसंग गठबन्धन नगर्न भने पनि जिल्लाका विभिन्न पालिकामा आ-आफ्नै तरिकाले तयार रहेको जनाईएको छ । काँग्रेस बाहेकको अरू चार दलको गठबन्धन बसिरहेको छ ।

नेकपा एसका अध्यक्ष सालिकराम भट्टराईले गठबन्धन तोड्ने चाहाना नभए पनि काँग्रेससंगको बैठकमा केही कुरा नमिलेको जानकारी दिनु भयो । यस अघि विभिन्न पालिकामा सहमति नजिक पुगे पनि आज बसेको जिल्ला स्तरीय वार्तामा सहमति नमिलेको हो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
४%७%१%१%

प्रतिक्रिया दिनुहोस