२०८१ बैशाख २३, आईतबार
नयाँ
पछिला अपडेट

गैँडाकोटमा मेयर छत्रराज पौडेल सहित ११ जना वडाअध्यक्षद्धारा राजिनामा

२०७९ बैशाख १०, शनिबार प्रकाशित ( साल अघि) ५८१ पाठक संख्या

नवलपुर । गैँडाकोट नगरपालिकाका मेयर छत्रराज पौडेलले नगरप्रमुुख पदबाट राजिनामा दिनुभएको छ । स्थानीय तहको निर्वाचनमा पुन : नगरपमुख पदमा उमेदवारी दिने तयारी स्वरुप उहाँले नगरप्रमुख पदबाट राजिनामा दिनुभएको हो ।गैँडाकोट नगरपालिकाका निमित्त प्रमुख प्रशाासकीय अधिकृत झलकराज पौडेलले नगरप्रमुख पौडेलले दिएको राजिनामा बाचन गरेर सुनाउनुभयो ।

मेयर पौडेलले  प्रयोग गर्दै आएको बा २ झ ३६०४ नम्बरको सवारीको चावी समेत निमित्त प्रमुख प्रशाासकीय अधिकृत झलकराज पौडेल समक्ष बुझाउनुभएको छ ।स्थानीय तहको निर्वाचनमा उमेदवार हुन चाहने जनप्रतिनिधीहरुले राजिनामा दिनुपर्ने प्रावधान अनुसार मेयर पौडेलले राजिनामा दिनुभएको हो ।

बैशाख ३० गतेको लागि तय भएको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेको तर्फबाट छत्रराज पौडेल र यमुनाथ आचार्य मध्ये एकजनाले टिकट पाउने निश्चित छ । यो खबर तयार पार्दासम्म गैँडाकोट नगरपालिकाबाट मेयर पौडेल सहित एघारजना वडाअध्यक्षहरुले राजिनामा दिएका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस