२०८१ बैशाख २३, आईतबार
नयाँ
पछिला अपडेट

गैँडाकोटमा चट्याङ्ग लागेर दुईजना गम्भीर घाईते

२०७९ बैशाख १०, शनिबार प्रकाशित ( साल अघि) ८३० पाठक संख्या

प्रकाश भण्डारी : गैँडाकोट नगरपालिकाको वडा नं. ३ हर्दीमा आज साँझ अन्दाजी ५ बजेको समयमा चट्याङ्ग लागेर दुई जना गम्भीर घाईते भएका छन् ।

चट्याङ्ग लागेर बर्ष ४६ की सन्तमाया गुरूङ्गको टाउकोमा गम्भीर चोट लागेको छ। अन्दाजी बर्ष ५३ की बिष्णु माया सिंजालीको टाउको र हातमा चोट लागेको पीडितका आफन्त बिरध्वज गुरूङ्गले नवलपुर अनलाइनलाई जानकारी गराए ।

घरमै बसिराखेको अवस्थामा एक्कासी चट्याङ्ग लागेर टाउकोमा गहिरो चोट लागेका घाईतेको भरतपुर अस्पताल चितवन र चितवन मेडिकल कलेजमा ईमरजेन्सी उपचार भैरहेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%

प्रतिक्रिया दिनुहोस