२०८१ बैशाख २३, आईतबार
नयाँ
पछिला अपडेट

नवलपुरमा निर्वाचन कार्यालय स्थापना – स्थानीय तह निर्वाचन

२०७९ बैशाख ९, शुक्रबार प्रकाशित ( साल अघि) ४०१ पाठक संख्या

नवलपुर । पूर्वी नवलपरासीका ८ वटै पालिकामा निर्वाचन कार्यालय स्थापना गरिएको छ । बिहीबार पूर्वीनवलपरासीका गैंडाकोट, देबचुली, कावासोती, मध्यबिन्दु नगरपालिका, विनयी त्रिवेणी, हुप्सेकोट, बौदीकाली र बुलिंटार गाउँपालिकाको कार्यालयमा निर्वाचन कार्यालय खोलिएको छ ।

बिहीबार एकै दिन मुख्य निर्वाचन अधिकृत अर्जुन अधिकरीले कावासोती, मध्यबिन्दु र विनयी त्रिवेणी गाउँपालिकाको कार्यालयमा निर्वाचन कार्यालयको उद्धाटन गरेका हुन् । उद्घाटनमा प्रमुख जिल्ला अधिकरी र जिल्लाका सुरक्षा प्रमुखको पनि उपस्थिति रहेको थियो ।

अधिकारीले निर्वाचन कार्यालयमा निर्वाचन अधिकृतसहित कर्मचारी खटिइसकेको जानकारी दिए । पूर्वीनवलपरासीका ८ वटा पालिकामा ९२ वटा वडा रहेको छ । सबै निर्वाचन कार्यालयको जिम्मा सशस्त्र प्रहरीलाई दिइएको छ । बिहीबार नै निर्वाचन कार्यालय रहेको स्थानमा सशस्त्र प्रहरीको टोली २४सै घण्टा खटिने व्यवस्था मिलाइएको मुख्य निर्वाचन अधिकृत अर्जुन अधिकारीले जानकारी दिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस