२०८१ बैशाख २३, आईतबार
नयाँ
पछिला अपडेट

मध्यविन्दुको मेयरमा एमालेबाट अधिकारी सर्वसम्मत उम्मेदवार

२०७९ बैशाख ९, शुक्रबार प्रकाशित ( साल अघि) १०६४ पाठक संख्या

चोरमारा । नवलपरासी पूर्व नवलपुरको मध्यविन्दु नगरपालिकाको मेयरमा नेकपा एमालेबाट भीमलाल अधिकारीको नाम सर्वसम्मत सिफारिस भएको छ ।

मध्यविन्दु नगरपालिकाको मेयरमा अधिकारीको नाम सर्वसम्मत सिफारिस भएको एमाले नवलपुर जिल्ला अध्यक्ष मुक्तिराम पाण्डेले जानकारी दिएका हुन् ।

एमाले नवलपुरले मध्यविन्दुको मेयरमा अधिकारीको एकल नाम गण्डकी प्रदेश कमिटीलाई सिफारिस गरिसकेको छ । मध्यविन्दुको मेयरका अन्य आकांक्षीहरुको सहमतिमा अधिकारीको मात्रै नाम सर्वसम्मत सिफारिस गरिएको हो ।

मध्यविन्दु–८ निवासी अधिकारी एमाले जिल्ला कमिटी सचिव हुन् । उनलाई पार्टीभित्र वैचारिक र कुशल संगठकको रुपमा लिइन्छ ।

नवलपरासी पूर्वको बौदीकाली गाउँपालिकामा प्रकाश ओझा र हुप्सेकोट गाउँपालिकामा चेतन रानाको नाम समेत पालिका अध्यक्षमा सर्वसम्मत सिफारिस गरिएको एमाले नवलपुरले जनाएकाे छ ।

अन्य स्थानीय तहका आकांक्षीहरुको नामसमेत प्रदेश कमिटीमा सिफारिस गरिएको एमाले जिल्ला अध्यक्ष पाण्डेले जानकारी दिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस