२०८१ बैशाख २३, आईतबार
नयाँ
पछिला अपडेट

मेयरमा उम्मेदवार हुन उपसचिवबाट राजीनामा

२०७९ बैशाख ९, शुक्रबार प्रकाशित ( साल अघि) ११४७ पाठक संख्या

कावासोती । नेपाल सरकारका उपसचिव विष्णुप्रसाद भुसालले पूर्वीनवलपरासीको देवचुली नगरपालिकामा मेयरको उम्मेदवार बन्नका लागि उपसचिव पदबाट राजीनामा दिएका छन् । हाल संघीय मन्त्रालयमा कार्यरत भुसालले शुक्रबार आफूले उपसचिवबाट राजीनामा दिएको जानकारी दिए ।

‘देवचुलीका सबै साथीहरूको आग्रहअनुसार राजीनामा दिएर जिल्ला हिँडें‚’ भुसालले भने‚ ‘देवचुलीलाई आउँदो ५ वर्षमा सबैले हेर्न लायक बनाउने अथक प्रयास गर्ने छु । मेरो करिब २५ वर्षको जागिरे जीवनको अनुभवबाट देवचुलीको काँचुली फेर्न इमान्दार प्रयास गर्ने छु ।’

देवचुली नगरपालिकाका स्थायी बासिन्दा भुसालले नेपाली कांग्रेसबाट उम्मेदवार हुने इच्छा राखेका छन् । उनी यसअघि त्यही नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतका रुपमा कार्यरत थिए । उनी कुशल प्रशासक र राम्रो छवि भएका मानिन्छन् । स्थानीय मतदाताको आग्रहअनुसार आफूले राजीनामा दिएर पार्टी राजनीतिमा आएको सुनाए । उनलाई जिल्ला पार्टी सभापति महेन्द्रध्वज जीसी र कांग्रेस गण्डकीका महामन्त्री विष्णु लामिछाने र अर्का नेता डा. शशांक कोइरालाले राजनीतिमा आउन ग्रिन सिग्लन दिएका कारण राजनीतिमा होमिएको गाउँमा चर्चा छ ।

देवचुली नगरपालिकामा यसअघिको निर्वाचनमा पनि मेयरसहित बहुमत कांग्रेसले जितेको हो । ५५ सालअघि उनी साविकको देवचुली गाउँ कमिटीको कांग्रेस सभापति थिए । पछि लोकसेवा पास गरेर निजामतीमा प्रवेश गरेका थिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%

प्रतिक्रिया दिनुहोस