२०८१ जेष्ठ ५, शनिबार
नयाँ
पछिला अपडेट

नवलपुरमा शिक्षकले अश्लिल भिडियो देखाएपछि जनक स्कूल तनावग्रस्त

२०७९ बैशाख ४, आईतबार प्रकाशित ( साल अघि) ११३५ पाठक संख्या

गैंडाकोट । पुर्ब नवलपरासी गैंडाकोटस्थित जनक माध्यामिक विद्यालयमा अध्ययनरत एक छात्रालाई विद्यालयका शिक्षकले १२ कक्षामा अध्यायनरत एक छात्रालाई मोवाइलबाट अश्लिल भिडियो देखाएको ४ दिन वितिसक्दा पनि कार्यवाही नगरिएको भन्दै कलेज र स्कूलका आक्रोशित विद्यार्थीहरुले विद्यालय परिसरमा आगजनी एवं तोडफोड गरेका छन ।

कक्षा १२ मा अध्ययन गर्ने एक छात्रालाई विद्यालयका शिक्षकले सम्वेदनशील अंगमा छुने, अश्लिल भिडियोहरु देखाउने गरेको भन्दै प्रदर्शनमा उत्रिएका विद्यार्थीले दुईवटा मोटरसाइकलमा आगो लगाएका छन भने स्कूलको भौतिक सामानहरुको तोडफोड गरेका छन् ।

स्थिति तनावग्रस्त भएपछि स्कूलको हाताभित्र प्रहरी तैनाथ गरिएको छ । प्रहरीले स्थितीलाई नियन्त्रणमा लिन दुई राउण्ड अश्रुग्यास प्रहार गरेको थियो । प्रहरीले पक्रेका शिक्षकलाई प्रहरीले लुकाउन खोजेको भन्दै बिद्यार्थीहरुले ढुंगामुढा गर्दा ६ जना प्रहरीसमेत घाइते भएका छन् । अहिले त्यहाँको अवस्था झन तनावग्रस्त बन्दै गएको छ ।

विद्यालय प्रशासनले ओरोपित शिक्षकलाई कार्यवाहीका लागि वेवास्ता गरेर उल्टै संरक्षण दिएको विद्यार्थीहरुले आरोप लगाएका छन् । विद्यार्थीहरुले शिक्षकलाई राखेकै कोठामा पुगेर आक्रमण गर्न थालेपछि प्रहरीले हवाइफायर समेत गरेको छ । विद्यार्थीहरुलाई लाठिचार्ज गरेर तितरवितर बनाउने काम भैरहेको इलाका प्रहरी कार्यालय गैंडाकोटका प्रहरी निरीक्षक प्रज्वल श्रेष्ठले जानकारी दिए । प्रहरीमाथि नै आक्रमण भएपछि थप सुरक्षाकर्मी मागिएको निरीक्षक श्रेष्ठले बताए ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
४%२%१%

प्रतिक्रिया दिनुहोस