२०८१ जेष्ठ ५, शनिबार
नयाँ
पछिला अपडेट

गैंडाकोटमा शिक्षकले दुव्यवहार गरेको भन्दै विद्यार्थी आन्दोलीत  

२०७९ बैशाख ४, आईतबार प्रकाशित ( साल अघि) १४२५ पाठक संख्या

कावासोती । नवलपुरको गैंडाकोटस्थित जनक माध्यामिक विद्यालयमा अध्ययनरत एक छात्रालाई विद्यालयका शिक्षकले दुव्यवहार गरेको भन्दै विद्यार्थीले विद्यालयमा तोडफोड गरेका छन् ।

कक्षा १२ मा अध्ययन गर्ने एक छात्रालाई विद्यालयका शिक्षकले सम्वेदनशील अंगमा छुने, अश्लिल भिडियोहरु देखाउने गरेको भन्दै प्रदर्शनमा उत्रिएका विद्यार्थीले विद्यालय तोडफोड गरेका प्रहरीले जनाएको छ ।

278569008_1018784058738038_7524766791193385688_n 1

विद्यार्थीहरुले विद्यालय नजिक रहेका दुई वटा मोटरसाइकलमा आगजनी गरिदिएका छन् । प्रहरीले पक्रेका शिक्षकलाई प्रहरीले लुकाउन खोजेको भन्दै बिद्यार्थीहरुले ढुंगामुढा गर्दा ६ जना प्रहरीसमेत घाइते भएको इलाका प्रहरी कार्यालय गैंडाकोटका प्रहरी निरीक्षक प्रज्वल श्रेष्ठले जानकारी दिए ।

278590415_396729378668972_2635760632076767046_n

‘हामी सिमित संख्यामा थियौं, विद्यार्थीहरु ठूलो संख्यामा आएर तोडफोड गरे, मोटरसाइकलमा आगजनी गरे, अवस्था तनावग्रस्त छ’ प्रहरी निरीक्षक श्रेष्ठले भने, ‘मसहित ६ जना प्रहरी घाइते भएका छौं ।’विद्यार्थीहरुले शिक्षकलाई राखेकै कोठामा पुगेर आक्रमण गर्न थालेपछि प्रहरीले हवाइफायरसमेत गरेको छ । विद्यार्थीहरुलाई लाठिचार्ज गरेर तितरवितर बनाउने काम भैरहेको प्रहरी निरीक्षक श्रेष्ठले बताए । प्रहरीमाथि नै आक्रमण भएपछि थप सुरक्षाकर्मी मागिएको निरीक्षक श्रेष्ठले बताए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस