२०८१ जेष्ठ ५, शनिबार
नयाँ
पछिला अपडेट

चोरमारामा शनिबार लाग्ने हाटबजार अबदेखि मंगलबार लाग्ने हाट बजार स्थलमा

२०७९ बैशाख ४, आईतबार प्रकाशित ( साल अघि) ९४६ पाठक संख्या

ज्ञानु पंगेनी

कावासोती । नवलपुरको मध्यविन्दु नगरपालिका सात चोरमारामा विगतमा शनिबार लाग्दै आएको साप्ताहिक हाटबजार पहिलेको ठाउँदेखि सरेको छ ।

यस अघि बजारदेखि दक्षिणतर्फ लाग्दै आएको शनिबारे साप्ताहिक हाटबजार आजदेखि मध्यविन्दु नगरपालिकाको कार्यालयदेखि पछाडीपट्टी मंगलबार लाग्ने साप्ताहिक हाट बजार स्थलमा सरेको हो ।

पहिले शनिबार लाग्ने हाटबजार स्थलमा नगरपालिकाले कृषि उपज संकलन केन्द्र निर्माण गर्ने भएपछि हाटबजारलाई सारिएको हो । आजबाट मंगलबार लाग्दै आएको हाटबजार स्थलमा नै शनिबारे हाटबजार लाग्ने हाट बजार व्यवस्थापन समिति पश्चिम सेक्टरका सहसचिव पदम मोक्तानले जानकारी दिनुभयो ।

पहिलेको ठाउँमा शनिबार लाग्ने हाटबजार सरेर आजदेखि मंगलबार लाग्ने हाटबजार स्थलमा बजार लाग्न थालेको जानकारी उहाँले ग्राहक वर्गमा गराउनुभएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%

प्रतिक्रिया दिनुहोस