२०८१ बैशाख ११, मंगलबार
नयाँ
पछिला अपडेट

नवलपुरमा ट्रक र बस एक आपसमा ठक्कर खाँदा २६ जना घाइते, ३ गम्भिर

२०७९ बैशाख १, बिहिबार प्रकाशित ( साल अघि) १४२८ पाठक संख्या

कावासोती । नवलपुरमा विहिबार पश्चिम राजमार्गको दाउन्ने सडकखण्डको विश्वकर्मा बाबाको मन्दिर नजिकै ट्रक र बस एक आपसमा ठक्कर खाँदा २६ जना घाइते मध्ये ३ जना गम्भिर रहेका छन् ।

पश्चिमबाट पूर्व तर्फ आउदै गरेको लु १ ख ८७५९ नम्बरको यात्रुवाहक बस र विपरित दिशा बाट जादै गरेको लु २ ख ८४० नम्बरको ट्रक एक आपसमा ठक्कर खाई दुर्घटना हुदा बसचालक सहित बसमा सवार यात्रुहरु मध्ये ३ जना गम्भिर ,९ जना मध्यम ,१४ जना सामान्य गरी जम्मा २६ जना घाईते भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका डिएसपी सन्तोष पाठकले जानकारी दिएका छ्न ।

घाइते मध्ये १० जना घाईतेहरुको पुरानो मेडिकल कलेज भरतपुर र अन्य १६ जना घाईतेहरुको मध्यबिन्दु जिल्ला अस्पताल डण्डामा उपचार भईरहेको र दुवै सवारी साधन र ट्रक चालक प्रहरीको नियन्त्रणमा रहेको पाठकले जानकारी दिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस