२०८१ बैशाख १३, बिहिबार
नयाँ
पछिला अपडेट

तिलोत्तमा नगरपालिकाको नेतृत्व गर्न आफु सक्षम भएको काँग्रेस महासमिति सदस्य केसीको दाबी

२०७८ चैत्र ३०, बुधबार प्रकाशित ( साल अघि) ११८५ पाठक संख्या

बुटवल । स्थानीय तहको निर्वाचन हुन एक महिना मात्र बाँकी रहँदा दलहरू चुनाव केन्द्रीत कार्यक्रममा व्यस्त छन् । स्थानीय तहको नेतृत्व लिन सम्भावित उम्मेदवारहरू केन्द्रीय नेता देखि कार्यकर्ता मनाउन भेटघाटमा जुटिरहेका छन् ।

१६ वटा स्थानीय तह रहेको रुपन्देही जिल्लामा चुनावी केन्द्रीत गतिविधी बढेको छ । जिल्लाकै उत्कृष्ट नगरपालिकाको रुपमा रहेको रुपन्देहीको तिलोत्तमा नगरपालिकामा आगामी नेतृत्व कस्तो आउँला भन्ने धेरैको चासोको विषय बनेको छ । यस अघिको निर्वाचनमा नेकपा एमालेका उम्मेदवार निर्वाचित नगरपालिकामा अहिले भने नेपाली काँग्रेसले आफ्नो नेतृत्व ल्याउने गरि चुनावी अभियानमा लागेका काँग्रेसका नेता कार्यकर्ताको भनाइ छ ।

 

नेपाली काँग्रेसबाट तिलोत्तमा नगरपालिकाको मेयर पदको उम्मेदवार को बन्ने भन्ने टुङ्गो नलागे पनि काँग्रेसबाट ४ जना मेयर पदको आकांक्षीको नाम चर्चामा रहेको छ । जसमा नेपाली काँग्रेस रुपन्देही जिल्ला सभापती रामकृष्ण खाँण, महासमिति सदस्य चित्र केसी, पूर्व जिल्ला पार्टी सभापति रामचन्द्र ढकाल र महासमिति सदस्य रोमणी प्रसाद पाठक रहेका छन् । पार्टी सभापति खाँण अघिल्लो निर्वाचनमा पराजित भएपछी अहिले उम्मेदवारीमा खासै इच्छुक नदेखिएपनि अन्य भने उम्मेदवार बन्ने दौडधुपमा छन् । नेपाली काँग्रेस रुपन्देहीका पुर्व पार्टी सभापती ढकाल, महासमिति सदस्य द्धय केसी र पाठक सम्भावित उम्मेदवार देखिएका छन् ।

 

नेपाली काँग्रेसबाट महासमिति सदस्य चित्र केसीले आफु मेयर पदको बलियो दाबेदार भएको बताउदै आएका छन् । लामो समय पार्टी राजनीतिमा सक्रिय भएको र तिलोत्तमा जस्तो नगरपालिकामा योजनामुखी नेतृत्व आउनुपर्ने हुनाले आफु त्यसको लागि सक्षम भएको उनको भनाइ छ । नेपाल विद्यार्थी सङ्ंघबाट पार्टी राजनीतिमा लागेका केसीले पार्टीको विभिन्न सङ्घसङ्घठनमा रहेर काम गरेका छन् । विद्यार्थीकाल देखिनै पार्टीमा सङ्घर्ष गरेको र योगदान दिएकाले पार्टीले आफ्नो कामको मुल्याङ्कन गर्ने उनको दाबी छ । तिलोत्तमा नगरपालिकाको नेतृत्व गर्ने अवसर पाएमा आफुले जनचाहना बमोजिमको काम गरेर देखाउने केसीको भनाइ छ । राजनीतिमा इमान्दारीता र निष्ठा आवश्यक पर्ने हुनाले आफुले त्यसलाई कायम राखेको केसीको भनाइ छ ।

महासमिति सदस्य केसीको राजनीतिक पृष्ठभुमी

२०३३ साल मङसिर २१ गते सल्यान–३ बाग्लुङमा जन्मिएका केसीले त्रिभुवन विश्वविद्यालयबाट समाजशास्त्रमा स्नातकोत्तर गरेका छन् । २०४३ सालमा पहिलो पटक नेपाल विद्यार्थी सङ्घको सदस्य बनेका उनी २०४७ साल देखि २०५४ साल सम्म नेपाल विद्यार्थी सङ्घ बाग्लुङ्को सल्यान गाउँँ इकाईको सभापति बनेर काम गरे । २०४९ सालमा नेपाल विद्यार्थी सङघको नवौं महाधिवेशनमा क्षेत्रीय प्रतिनिधिमा निर्वाचित बनेका उनी २०५० देखि ०५२ सम्म त्रिभुवन बहुमुखि क्याम्पस तानसेन पाल्पाको नेवि सङ्घ धौलागिरी समन्वय समितिको अध्यक्ष बने । २०५३ देखि २०५६ सालसम्म नेवि सङ्घ बाग्लुङ क्षेत्र नम्बर–२ को क्षेत्रीय अध्यक्ष, २०५५ सालमा आमन्त्रित जिल्ला सदस्य हुँदै २०५४ देखि २०५८ सालसम्म त्रिचन्द्र कलेज काठमाडौँमा सक्रिय विद्यार्थी राजनितिबाट पार्टीमा योगदान दिएका छन् । २०६६ देखि २०७३ सम्म लगातार दुई कार्यकालसम्म नेपाली जनसम्पर्क समिति युएईको संस्थापक सभापति बनेर काम गरेका उनी नेपाली काँग्रेसको १३ र १४ औँ महाधिवेशनबाट महासमिति सदस्यमा निर्वाचित भएका हुन् । २०७३ देखि ०७४ सम्म नेपाली जनसम्पर्क समिति युएईको संरक्षक तथा प्रमुख सल्लाहकार, २०७२ देखि ०७४ सम्म एनआरएनए केन्द्रीय सदस्यमा रहेर समेत काम गरेका छन् । हाल केसी नेपाल प्रजातान्त्रिक महासङ्घ लुम्बिनी प्रदेशको अध्यक्ष, जिपी कोईराला फाउण्डेशन लुम्बिनी प्रदेशको सल्लाहकार, बरेङ चन्द्रकोट सम्पर्क समिति रूपन्देहीको अध्यक्ष भएर काम गरिरहेका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस