२०८० चैत्र १६, शुक्रबार
नयाँ
पछिला अपडेट

नवलपुरमा टाइफाइड रोग बिरुद्धको खोप अभियान , तीन पालिकामा एकैसाथ सुरु हुँदै

२०७८ चैत्र २५, शुक्रबार प्रकाशित ( साल अघि) १७५ पाठक संख्या

नवलपुर । नवलपुरमा टाईफाईड रोग विरुद्धको खोप अभियान हिजोदेखि सुरु भएको छ । स्वास्थ्य कार्यालय प्रमुख केशव चापागाईका अनुसार जिल्लाका चार स्थानीय तहमा हिजो एकसाथ खोप लगाउने अभियान सुरु भएको हो ।

चापागाइका अनुसार हिजोदेखि देवचुली नगरपालिका, कावासोती नगरपालिका,हुप्सेकोट र विनयी त्रिवेणी गाउँपालिकामा टाइफाइड रोग विरुद्धको खोप लगाउन सुरु भएको हो। बाँकी रहेका स्थानीय तह मध्यविन्दु, गैँडाकोट,बौदीकालिमा चैत २५ अर्थात् आजदेखि र बुलिङ्गटारमा चैत २७ देखि खोप अभियान सुरु हुनेछ ।

१५ महिनादेखि १५ बर्ष मुनिका बालबालिकालाई बिद्यालयलमा खोप केन्द्र शिविर बनाएर खोप लगाईने उहाँको भनाई छ । बिद्यालय नजाने उमेरका बालबालिकालाई समेत स्थानीय स्वास्थ्य शाखाले तोेकेको खोप केन्द्र अर्थात पायक पर्ने विद्यालयमा तोकिएको समयमा पुर्याएर खोप लगाउन उहाँको आह्वान छ । खोप लगाउने अभियानको सवै तयारी पूरा भएको चापागाइले बताउनुभयो ।

बिश्व स्वास्थ्य संगठनले सिफारीस गरेको टाईफाईड कन्जेकेट भ्याक्सिन जिल्लाका करिव ८५ हजार बालबालिकालाई दिईने कार्यालय प्रमुख चापागाईले बताउनुभयो । बिद्यालय परिसरबाट सेवा प्रवाह गरिने भएकाले सम्वन्धित पालिकाको स्वास्थ्य शाखाले बिद्यालयका प्रधानाध्यापक र खोप केन्द्र विद्यालयका एक शिक्षिका समेतलाई अभिमुखीरकणमा समावेश गराएर प्रभावकारी सेवा सञ्चालन गर्न अनुरोध गरिएको छ ।

अभियानमा दुइ सय ५० वटा खोप केन्द्रबाट खोप लगाइने कार्यालय प्रमुख चापागाईंले बताउनुभयो । खोप केन्द्रमा तीन सय १० स्वास्थ्यकर्मी परिचालन गरिने छ । टाइफाइड विरुद्धको खोप अभियानका लागि नवलपुरमा १६ हजार आठ सय ९६ भाइल खोप आएको छ ।

सामान्य बिरामी परेका वा औषधि सेवन गरेका बालबालिकालाई खोप दिन मिल्ने भएता पनि अति ज्वरो वा दिर्घ प्रकृतिका रोगी बालबालिकालाई खोप केन्द्रमा खटिएका स्वास्थ्यकर्मीको परामर्श लिनुपर्ने स्वास्थ्य प्रमुख चापागाईले बताउनु भयो । यो अभियान सकिएपछि भने टाइफाइड खोपलाई नियमित गरिने तर दुई वर्षभन्दा मुनि १५ महिना माथिका बालवालिकालाई मात्रै लगाइने उहाँको भनाई छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस