२०८० चैत्र १५, बिहिबार
नयाँ
पछिला अपडेट

देवचुलीमा आज देखि टाइफाइड खोप अभियान सुरु

२०७८ चैत्र २४, बिहिबार प्रकाशित ( साल अघि) २३३ पाठक संख्या

देवचुली । देवचुली नगरपालिकाको विश्वज्योति माध्यमिक विद्यालयबाट नगरपालिका स्तरीय टाइफाइड खोप अभियान शुभारम्भ गरिएको छ । बिहिबार देवचुली नगरपालिकाका नगर प्रमुख पूर्णकुमार श्रेष्ठले देवचुली १५ प्रगतिनगरमा रहेको विश्वज्योति माध्यमिक विद्यालयबाट कार्यक्रमको शुभारम्भ गर्नुभएको हो । देवचुली नगरपालिका भित्रका विभिन्न १७ वटा विद्यालयका विद्यार्थीहरुलाई ९आज० चैत्र २४ गते बिहिबार देखि आगामी चैत्र ३० गते बुधबार सम्म खोप लगाइने छ ।

Ads 1

देवचुली नगरपालिका भित्र रहेका १५ महिना देखि १५ बर्षसम्मका १७ हजार ८ सय ३ जना बालबालिकाहरुमा उक्त टाइफाइड विरुद्धको खोप लगाईने भएको हो । बिहिबार नै देवचुली नगरपालिका भित्र रहेको विश्व ज्योति मा।वि सहित बरचुली मा।वि, सरस्वती प्रा।विमा बालबालिकाको लागि टाईफाइड विरुद्धको खोप लगाइने भएको देवचुली नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामकुमार श्रेष्ठले जानकारी दिनुभएको छ ।

उहाँले सामान्य बिरामी परेका वा औषधि सेवन गरेका बालबालिकालाई खोप दिन मिल्ने भएता पनि अति ज्वरो वा दिर्घ प्रकृतिका रोगी बालबालिकालाई खोप केन्द्रमा खटिएका स्वास्थ्यकर्मीको परामर्श लिन समेत आग्रह गर्नुभएको थियो । खोप लगाइसकेपछि अन्य खोपले जस्तै सामान्य रिगटा लाग्ने वा सामान्य ज्वरो आउने सक्ने भएपनि खोपको अन्य साईड ईफेक्ट नरहेको स्वास्थ्य प्रमुख श्रेष्ठले बताउनुभएको थियो ।

कार्यक्रममा बोल्दै देवचुली नगरपालिकाका नगर प्रमुख पूर्णकुमार श्रेष्ठले बालबालिकाका लागि यो खोप निकै नै आवश्यकता रहेकाले सम्पूर्ण बालबालिकालाई अनिवार्य टाइफाइड विरुद्धको खोप संयम भएर लगाउन स्वास्थ्यकर्मीलाई अनुरोध गर्नुभएको थियो । कार्यक्रममा देवचुली नगरपालिकाका स्वास्थ्य शाखा अधिकृत, स्वास्थ्यकर्मी, विद्यालयका शिक्षकशिक्षिका, विद्यार्थी लगायतको उपस्थिती रहेको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस