२०८१ बैशाख ४, मंगलबार
नयाँ
पछिला अपडेट

मध्यविन्दुको मेयरमा युवा नेता दोमन भण्डारीको उम्मेद्वारी घोषणा

२०७८ चैत्र २०, आईतबार प्रकाशित ( साल अघि) २५०३ पाठक संख्या

कावासोती । नेपाली काङ्ग्रेसभित्र कुशल सङ्गठकका रुपमा चिनिएका नगर सभापति दोमन भण्डारीले मध्यविन्दु नगरपालिकाको आसन्न चुनावमा मेयर पदमा उम्मेदवारी घोषणा गरेका छन् ।

आईतबार भण्डारीले सुगम, सुव्यवस्थित र सु–सम्पन्न मध्यविन्दु नगर बनाउन मेयरमा उम्मेद्वारी दिने निर्णय गरेका हुन् । पछिल्लो केही समययता उनी उम्मेद्वारी घोषणा गर्नेबारे विभिन्न व्यक्ति तथा सरोकारवालासँग गम्भीर परामर्शमा थिए ।

आफ्नो ठाउँको विकास गर्न युवा नै नेतृत्वमा आउनुपर्ने भन्दै उनले पाएको सल्लाह, सुझाव र हौसलाबाट आईतबार उम्मेद्वारी घोषणा गर्ने निष्कर्षमा पुगेका हुन् । उनले मध्यविन्दु नगरपालिकालाई व्यवस्थित बनाउनका लागि युवा नेताहरुको नेतृत्व आवश्यक भएकाले उम्मेद्वारी दिने निर्णय गरेको पनि बताएका छन् । मध्यविन्दु निवासी भण्डारी दुई पटक कांग्रेसको नगर सभापति भइसकेका व्यक्ति हुन् । उनीले अघिल्लो पटक स्थानीय चुनाव दुईतिहाईले नगरमा कांग्रेसलाई विजय गराएका थिए ।

नारायणी खानेपानी आयोजनाको संस्थापक अध्यक्ष समेत रहेका भण्डारी चितवन राष्ट्रिय निकुञ्ज अन्तर्गत मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष हुन् । उनले अध्यक्ष भएर दुई कार्यकाल काम गरेको अनुभव समेत बटुलेका छन् । जनताले पाउँनु पर्ने सुविधाहरुलाई कन्जुस्याँई नगरी सहज र सरल तवरले प्रदान गर्नु पर्छ भन्ने मनशाय राख्ने भण्डारी कुशल नेतृत्व गर्न सक्ने ब्यत्तिब्यको रुपमा जनताले लिएका छन ।

कांग्रेसका वर्तमान नगर सभापति भण्डारीको निर्वाचनमा गुप्त रूपमा माहौल बनाउने चलाख मानिन्छन् । भण्डारीले टिकट पाएको अवस्थामा बाघखोर, सेतापानी , कोल्हुवा, नारायणी र चनौली लगायत तल्लो भेगका क्षेत्रमा अन्य उम्मेदवार भन्दा धेरै मत खस्ने आँकलन उनको छ । छोटो समयमा पार्टीमा राम्रो पकड बनाएका भण्डारी बिष्णु कुमार कार्कीसँग निकट रहेकोले टिकट ल्याउन सक्ने अनुमान धेरैको छ ।

सबैको चासो र जिज्ञासा अनुसार यस पटकको अर्थात् २०७९ सालको स्थानिय चुनावी दौडमा नेपाली कांग्रेसले अगाडि देखिने सम्भावना देखिएको छ । बाम गठबन्धनमा भएको विभाजनले मध्यविन्दुमा ठुलै असर पर्न सक्ने  स्थानिय राजनीतिक विश्लेषकहरु बताउँछन ।

मध्यविन्दुमा यस अघिको चुनावमा नेपाली कांग्रेसबाट चन्द बहादुर राना बिजयी भएका थिए । १५ वटा वडा रहेको मध्यविन्दु नगरपालिकामा नेपालि कांग्रेसले १० नेकपा एमालेले ५ वडामा जित हासिल गरेको थियो । मध्यविन्दु  नगर क्षेत्रमा नेपाली कांग्रेस र नेकपा एमाले नेतृत्व हत्याउने रणनीतिमा लागेको भए पनि अन्य राजनीतिका नेतृत्व भने पर्ख र हेरको अवस्थामा रहेको पाइन्छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%६%६%१%२%

प्रतिक्रिया दिनुहोस