२०८१ बैशाख ६, बिहिबार
नयाँ
पछिला अपडेट

विराटनगरमा चिकित्सक मृत भेटिए 

२०७८ चैत्र १९, शनिबार प्रकाशित ( साल अघि) १०४९ पाठक संख्या

काठमाडौं । विराटनगरस्थित नाेवेल अस्पतालमा कार्यरत चिकित्सक विजय यादव शनिबार बिहान मृत अवस्थामा फेला परेका छन्।

सप्तरीकाे राजविराज घर भएका र तीन वर्षयता नोवेलको अर्थोपेडिक विभागमा कार्यरत मेडिकल अफिसर यादव बिहान मृत भेटिएका हुन्।

उनी विगत ४ वर्षदेखि विराटनगर–४ स्थित प्रेम बस्नेतको घरमा कोठा भाडामा लिएर डेरा बस्दै आएका थिए। नाक तथा मुखबाट रगत बगिरहेको अवस्थामा डेरा बसेको घरको कम्पाउन्डमै डा. यादवको शव फेला परेको अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिए ।

२८ वर्षका डा. यादव बंगलादेशबाट एमबिबिएस गरेर फर्केपछि नोवेलमा कार्यरत थिए। घटनास्थलमा माेरङ प्रहरीको टाेली पुगेको छ।

मृतकका आफन्तले डाक्टरकाे हत्या भएकाे भान्दै घटनामा संलग्नलाई कारबाही गरिनुपर्ने मागसहित नाराबाजी सुरु गरेका छन्।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस