२०८१ बैशाख १३, बिहिबार
नयाँ
पछिला अपडेट

मध्यविन्दु नगरपालिकाको मेयरमा कांग्रेसका आकांक्षीहरु बढ्दै

२०७८ चैत्र १८, शुक्रबार प्रकाशित ( साल अघि) ४१६० पाठक संख्या

कावासोती । आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा नवलपुरका ८ वटै पालिकामा उम्मेदवारको चर्चा शुरु भएको छ । तोकिएकै समय ७९ बैशाख ३० गते नै निर्वाचन हुने हो भने चुनाव हुन अब ४२ दिन मात्रै बाँकी छ ।

 

चुनावको मिति नजिकिए संगै देशभर स्थानिय तहको चुनावी माहौल तात्दै गएको छ । नवलपुर जिल्लामा पनि दलहरुले चुनाव केन्द्रित कार्यक्रमहरुलाई तिव्रता दिएका छन् । पार्टीको अधिवेशन भर्खरै सम्पन्न गरेको नेपाली काँग्रेसले गाँउगाँउ जाँउ कांग्रेस जिताउ अभियानलाई तिव्रता दिएको छ ।

 

देश कै मुख्य केन्द्रबिन्दु रहेको मध्यविन्दुमा नेपाली कांग्रेसबाट मेयरको उम्मेद्धार को हुने भन्ने चर्चा हुन थालेको छ । मध्यविन्दु नगरपालिकाको नेतृत्वको लागि नेपाली कांग्रेसमा आधादर्जन बढीको नाम चर्चामा छ ।

 

नगर सभापति दोमन भण्डारी, प्रदेश सभाका सभापति कृष्ण तिवारी ,महासमिति सदस्य चेतन पौडेल , क्षेत्रीय सह-सभापति सुर्य गुरुङ, जिल्ला सहसचिव उदयराज आर्याल आकाक्षी देखिएका छन् । मेयर चन्द बहादुर रानाले यसअघिनै आफू पुनः एक कार्यकाल दोहोरिन पाए हुन्थ्यो झैँ आकाक्षा व्यक्त गरिसक्नुभएको छ । यसबाहेक अन्य केही नेताहरूले भित्री रुपमा आकांक्षा राखेको भएपनि बाहिरी रुपमा खुलेका छैनन् ।

 

कांग्रेसभित्र माओवादीसँग गठबन्धन हुने प्रवल सम्भावनासँगै उम्मेदवाराको चर्चा आन्तरिक रुपमा शुरु भएको हो । यसैक्रममा मध्यबिन्दु नगरपालिकाको नेतृत्वका लागि कांग्रेसका नेताहरुले आआफ्नो तयारी थालेका छन् । नगरपालिकाको मेयर पदका लागि उम्मेदवार बन्न नेताहरु लबिङमा लागेका छन् ।

 

२०७४ को चुनावी परिणाम कस्तो थियो ?

मध्यविन्दु नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका चन्द्रबहादुर रानाले १०९९७ मत पाएर विजयी हुदाँ निकटम प्रतिद्वन्दी नेकपा एमालेका भीमलाल अधिकारीले १००६४ मत पाएका थिए भने उपप्रमुखमा नेपाली कांग्रेसकै ओमकुमारी महतोले १०८३५ मत पाएर विजयी हुदाँ नेकपा एमालकी जोगमाया महतो १००३३ मतका साथ साथ उपविजेता बनेकी थिईन । १५ वडा रहेको मध्यविन्दु नगरपालिकामा १० वटा वडाको वडा अध्यक्षमा नेपाली कांग्रेस र ५ वटा वडाको वडा अध्यक्षमा नेकपा एमाले उम्मेदवारले जितेका थिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१२%५%३%१%१%९%

प्रतिक्रिया दिनुहोस