२०८२ बैशाख २८, आईतबार
नयाँ
पछिला अपडेट

नवलपुर प्रशासन- राहदानीको प्रि-इनरोलमेन्ट फाराम भर्न चर्को शुल्क लिनेलाई कारबाही

२०७८ चैत्र १८, शुक्रबार प्रकाशित ( साल अघि) १०८२ पाठक संख्या

कावासोती । जिल्ला प्रशासन कार्यालय नवलपुरले विद्युतीय राहदानीको लागि प्रि-इनरोलमेन्ट फाराम भर्न तथा फोटो खिच्न चर्को शुल्क लिनेलाई कारवाही गर्ने निर्देशन दिएको छ ।

 

जिल्ला प्रशासन कार्यालय आसपासमा फोटोकपी सेन्टर चलाएर बस्ने तथा बिभिन्न व्यक्तिहरूले प्रि-इनरोलमेन्ट फाराम भर्न तथा फोटो खिच्न समेतलाई बिहीबार एक सूचना जारी गर्दै विद्युतीय राहदानीको अनलाइन फारमसँग सम्बन्धित कार्य गर्न निर्धारण गरिए भन्दा बढी शुल्क लिने, सेवाग्राहीहरूको अनलाइन फारम संकलन गरी राखी मोलमोलाइको आधारमा डेट बुक गर्ने कार्य गैर कानूनी भएकाले यस्तो नगर्न अनुरोध गरको छ ।

 

सहाय प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालद्वारा हस्ताक्षरित सूचनामा यदि कसैले प्रि-इनरोलमेन्ट फाराम भर्न तथा फोटो खिच्नका लागि सेवाग्राहीहरुसंग मोलमोलाई गरी धेरै रकम असुल गर्ने तथा धेरै जनाको विवरण संकलन गरी मोलमोलाईको आधारमा बढि पैसा दिनेको छिट्टै मिति र समय बुक गर्ने गरेमा त्यस्ता गैरकानूनी कार्य गरे गराएको पाइएमा कडा कारवाही गरिने समेत सूचनामा उल्लेख गरिएको छ ।

IMG_20220331_0006 2 1086x1536

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%१%

प्रतिक्रिया दिनुहोस