२०८१ जेष्ठ ६, आईतबार
नयाँ
पछिला अपडेट

देवचुलीका नारायण केसीले पाँच करोडमा सुरु गरे चितवन टाइगर रिसोर्ट

२०७८ चैत्र ८, मंगलबार प्रकाशित ( साल अघि) ४३५ पाठक संख्या

बिबेक भण्डारी
नवलपुर । नवलपुरको देचवुली नगरपालिका अन्तरर्गत रहेका पर्यटकीय क्षेत्रमा चहलपहल बढ्दो छ । प्राकृतीक जिवजनावर संगै प्राकृतीक सौन्दर्य पनि रहेका कारण अहिले धेरैको रोजाई नारायणि किनार परेको छ । अहिले जिल्लाको देवचुलीमा आन्तरिक र बाह्य पर्यटकहरु यहि रम्न आउने गरेका छन । फलस्वप सो क्षेत्रमा ठुला लगानिमा सुबिधा सम्पन्न होटल तथा रिसोर्टहरु निर्माण हुने क्रम बढ्दो रहेको छ । पर्यटकहरुको चहलपहलले अहिले त्यहा होटलमा लगानि गर्ने बढेका छन । देवचुली नगरपालिका वडा नम्बर १६ का नारायण केसी पनि अहिले देवचुली १७ पिप्रहरमा ठुलो लगानि गरेर चितवन टाइगर रिसोर्ट संञ्चालन गरि रहेका छन । होटलमा अनुभव नसंगालेका केसीले अहिले करोडौँ खर्च गरेर पर्यटकहरुलाई खुशी दिदैँ आएका छन । पहिले देखि पिप्रहरमा संञ्चालनमा रहेको उक्त रिसोर्टलाई केसीले अझ बढि सिंगारेका छन भने पर्यटकहरुलाई सुबिधा पनि थपेका छन । महेन्द्र राजमार्ग देखि करिव २ किलोमिटर नारायणि किनारमा केसीले उक्त रिसोर्टका लागि ५ करोड खर्चेका छन ।

केसीले संञ्चालन गरेको उक्त रिसोर्टले स्थानिय २२ जनाले प्रत्यक्ष रोजगार पाएका छन । स्थानियले उत्पादन गरेका तरकारी, मासुजन्य बस्तुहरु समेत उक्त रिसोर्टमा खपत हुदा स्थानियलाई आयआर्जनको माध्यम पनि बनाएको संञ्चालक केसी बताउछन ।

कोेरोनाका कारण थला परेका पर्यटन व्यवशायि फेरी नयाँ उर्जाका साथ लागेका छन । सो चितवन टाइगर रिसोर्टका म्यानेजर युवराज कंडेलका अनुसार कोभिड पछि रिसोर्टका धेरै पाटामा परिवर्तन गरेर संञ्चालन आएको बताए । उनले अहिलेको टाइगर रिसोर्टका संञ्चालकहरुले यसको व्यवस्थापन मजबुद बनाएको बताउछ ।

रिसोर्ट अहिले बाह्य भन्दा बढि आन्तरिक पर्यटकहरु आउने गरेका छन । संञ्चालक केसीका अनुसार रिसोर्टमा देशका गहनाका रुपमा रहेका राष्ट्रिय कलाकारहरुको पनि आगमन हुने कारण रिसोर्ट संञ्चालनमा सहज भएको बताउछन ।

देवचुली नगरपालिकामा पर्यटकीय सम्भावना धेरै छन । जंगलीजनावर अवलोन गर्न टाढाँ जानु नपर्ने यो क्षेत्रमा पर्यटन व्यवशायिले सम्भावना देखे पनि स्थानिय सरकारले उचित प्रबन्ध मिलाउन नसकेको केसीको बुझाइ छ ।

सो क्षेत्रमा चितवन टाइगर रिसोर्ट मात्र होइन यो बाहेक धेरै रिसोर्टहरु संञ्चालन हुने प्रकृयामा रहेका छन । पर्यटकीय क्षेत्रको विकास गर्न सकिन्छ र पर्यटन व्यवशायले राष्टको विकासमा सहयोग पुर्याउने कारण नै रिसोर्टमा अहिले ठुलो लगानि गरि रहेका छन ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस