२०८१ जेष्ठ ६, आईतबार
नयाँ
पछिला अपडेट

नवलपुरको पहाडी क्षेत्रका किसानको भरपर्दो आम्दानी बन्यो अम्रिसो

२०७८ चैत्र ७, सोमबार प्रकाशित ( साल अघि) ८०३ पाठक संख्या

यामु कुमाल

कावासोती । नवलपुरको पहाडी क्षेत्रमा पर्ने अधिकांस गाउँका सर्वसाधारणले व्यावसायिक अम्रिसो खेतीबाट मनग्य आम्दानी गरिरहेका छन् ।

भिरालो तथा पाखो बारीबाहेक अन्य कुनै जमिन नभएका जिल्लाको धौवादी , रुचाङ , जौवारी , भारतीपुर , अर्खला , नरम लगायतका गाउँका स्थानीयवासीले विगत लामो समय देखि व्यवसायिक रुपमा अम्रिसो खेती गर्दै आएका हुन् ।

हुप्सेकोट गाउँपालिका ५ धौवादीका मिन वहादुर सिंजाली मगरले विगत २० वर्षदेखि अम्रिसो खेती गर्दै आएका छन् । उनले पाखो र भिरालो जग्गामा अन्य खेती नहुने भएपछि अम्रिसो खेती गर्ने गरेको बताए । पाखो बारीमा रोपेको अम्रिसोबाट बर्षेनी ५० हजार देखि ९० हजार रुपैयाँसम्म आम्दानी हुने उनको भनाइ छ ।

अहिले यहाँका किसानहरूले पाखो र भिरालो जग्गा बाँझो राख्न भन्दा अम्रिसोलाई व्यावसायिक खेती रुपान्तरण गर्दै लगेका छन् । मेहनत गरे अम्रिसोले राम्रो आम्दानी दिने गरेको उनीहरुले अनुभव सुनाए । घर सफा गर्न अत्यावश्यक कुचो बनाउने खरको गाउँघरमा समेत अभाव हुँदै गएकोले अम्रिसोको महत्व बढेर गएको छ ।

उत्पादित अम्रिसोको माग जिल्लाका मुण्डे , दलदले, कावासोती , गैँडाकोेट लगायतका बजारमा खपत हुने गरेको छ । यसरी जिल्लाभित्रै सजिलै खपत हुँदा बजार खोजिराख्ने झन्झटबाट उनीहरु मुक्त समेत भएका छन् ।

सरकारी निकायबाट व्यावसायिक तालिमको ब्यवस्था हुने भने मात्र पनि अम्रिसो खेतीले ग्रामिण सर्वसाधारणको आर्थिक स्तरमा सुधार हुने कृषक मिन बहादुर सिँजालीले बताए । कम लगानी र बढी प्रतिफल दिने एक पटक लगाएपछि सधै लगाई रहनु नपर्ने भएकाले पनि किसानहरू अम्रिसो खेतीमा आकर्षित भएका हुन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस