२०८१ जेष्ठ ६, आईतबार
नयाँ
पछिला अपडेट

नवलपुरबाट जुवातास खेल्ने ६ जना पक्राउ

२०७८ चैत्र ७, सोमबार प्रकाशित ( साल अघि) १८२० पाठक संख्या

नवलपुर । नवलपुरमा महिलाहरुनै जुवाको खालमा भेटिन थालेका छन् । प्रहरीले जुवाको खालमा रहेका महिलाहरु सहित ६ जनालाई नियन्त्रणमा लिएको छ ।

हिजो साँझ साँढे पाँचतिर कावासोती नगरपालिका ८ मा वेलु पुनको घरमा जुवातास खेलाईरहेको गोप्य सुचनाको आधारमा प्रहरीले नियन्त्रणमा लिएको नवलपुर प्रहरीका प्रवक्ता डिएसपी दिलीप कुमार गिरीले जानकारी दिनुभयो । उहाँका अनुसार कावासोती ८ बस्ने ३० वर्षीय हरि माया पुन, ४० वर्षीय माया पुन, ४५ वर्षीय वेलु पुन, ६८ वर्षीय दुरपति गुरुङ, ४० वर्षीय रविन मान सिंह र ४० वर्षीय विर गुरुङ पक्राउ परेका हुन् ।

३१ हजार ९२५ नगद र तासको बुक सहित पक्राउ परेका उनीहरु माथि कानुन वमोजिम अनुसन्धान भईरहेको गिरीले बताउनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
४%२%६%१%१%

प्रतिक्रिया दिनुहोस