२०८१ जेष्ठ ६, आईतबार
नयाँ
पछिला अपडेट

मध्यविन्दुमा काँग्रेसको पार्टी कार्यालय उद्घाटन

२०७८ चैत्र ३, बिहिबार प्रकाशित ( साल अघि) २०३६ पाठक संख्या

कोल्हुवा । नेपाली कांग्रेस मध्यविन्दु – ३ को आज पार्टी कार्यालय उद्घाटन गरिएको छ । फागु पुर्णिमाको अवसर पारेर कांग्रेसले पार्टी कार्यालय उद्घाटन गरेको हो ।

मध्यबिन्दु नगरपालिका -३ का सभापति सुभाष  नेपालको अध्यक्षतमा पार्टी कार्यालय उद्घाटन गरिएको हो ।  उद्घाटन कार्यक्रममा नव-निर्वाचित जिल्ला सभापति महेन्द्र ध्वज जिसिको प्रमुख अतिथि रहनु भएको थियो  ।

FB_IMG_1647548509545

कार्यक्रमका प्रमुख अतिथि जिसिले पार्टी कार्यालय उद्घाटन गर्दै नेपाली कांग्रेसको अबको गन्तव्य स्थानीय तहको निर्वाचन भएको भन्दै हामीहरु सबै एकै मत भएर संगठनमा लाग्नुपर्ने बताउनुभयो । हाम्रो लक्ष्य र गन्तव्य आउदै गरेको स्थानीय तहको निर्वाचन हुनुपर्छ उहाँले भन्नुभयो आन्तरिक निर्वाचनमा केहि पद नमिलेर प्रतिस्पर्धा गरेपनि अब हामी एक भइसकेकाछौ ।

FB_IMG_1647550010719

पार्टी कार्यालय उद्घाटन कार्यक्रमलाई सम्वोधन गर्दै बक्ताहरुले प्रजातन्त्रका लागि नेपाली कांग्रोसले खेलेको भुमिकाको चर्चा गदै प्रजातन्त्रको आवश्यकता बारेमा मन्तव्य राख्दै पार्टीलाई एक बनाएर आगामी स्थानीय तहको निर्वाचनमा प्रतिस्पर्धाका लागि तयारी गर्नुपर्नेमा जोड दिनुभको थियो। कार्यक्रममा सोही वडाबाट २८ जना नेता तथा कार्यकर्ता विभिन्न पार्टी परित्याग गरी नेपाली कांग्रेसमा समेत प्रवेश गरेका थिए ।

त्यस्तै कार्यक्रममा जिल्ला सभापतिमा निर्वाचित महेन्द्र ध्वज जिसि , उपसभापति बालकृष्ण घिमिरे, सचिव पत्रकार होमराज रानाभाट, महेन्द्र पोखरेल, सहसचिव उदय अर्याल , राजेश पौडेल र कोषाध्यक्ष राज कुमार महतोलाई सम्मान गरिएको थियोे ।

FB_IMG_1647550005210

त्यस्तैगरी संघिय निर्वाचन क्षेत्र , क्षेत्रीय सभापति ,सह सभापति, प्रदेश सभा सभापति “क र ख” तथा सबै उपस्थित पालीकाका सभापतिलाई समेत सम्मान गरिएको थियोे ।

FB_IMG_1647577209987

FB_IMG_1647548573124

FB_IMG_1647550022197

FB_IMG_1647548554818

FB_IMG_1647548569480

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%२%

प्रतिक्रिया दिनुहोस