२०८१ जेष्ठ ६, आईतबार
नयाँ
पछिला अपडेट

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मी अमेरिका प्रस्थान 

२०७८ फागुन ३०, सोमबार प्रकाशित ( साल अघि) ८३९ पाठक संख्या

काठमाडौं । संयुक्त राष्ट्रसङ्घीयको सीएसडब्ल्यूको ६६ औ अधिवेशनमा भाग लिन महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री उमा रेग्मी अमेरिका प्रस्थान गर्नु भएको छ ।

मन्त्री सँगै मन्त्रालयका सचिव , सह सचिव , महिला विज्ञ गरी छ जनाको प्रतिनिधिमण्डल अमेरिका प्रस्थान गरेको छ । मन्त्रिपरिषद् बाट स्वीकृत आठ  जनाको भ्रमण टोली मध्ये दुई  जना संयुक्त राष्ट्रसङ्घका प्रतिनिधि अमेरिकामै रहेकाले नेपाल बाट छ  जनाको टोली न्यूयोर्क गएका हुन् ।

महिला अधिकारको प्रवर्द्धन गर्न, विश्वभरि महिलाको जीवनको वास्तविकतालाई दस्तावेजीकरण गर्न र लैङ्गिक समानता र महिला सशक्तीकरणमा विश्वव्यापी मापदण्डहरू तयार पार्नमा  महत्त्वपूर्ण भूमिका खेल्ने गर्दछ ।

मन्त्री रेग्मीले लैङ्गिक समानता र महिला सशक्तीकरणमा जलवायु परिवर्तन , वातावरणीय र प्रकोप जोखिम न्यूनीकरण नीति र कार्यक्रमहरूले पारेको प्रभावको बारेमा धारणा प्रस्तुत गर्ने योजना रहेको प्रेस संयोजक राज कुमार लामाले बताउनु भयो ।

महिलाको स्थिति सम्बन्धी आयोगको ६६ औँ अधिवेशन संयुक्त राष्ट्र सङ्घको मुख्यालय न्युयोर्कस्थित महासभा हलमा १४ देखि २५ मार्च २०२२ सम्म हुनेछ ।  कार्यक्रम सकाएर मन्त्री रेग्मी सहितको टोली २१ मार्च २०२२ मा स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस