२०८१ जेष्ठ ६, आईतबार
नयाँ
पछिला अपडेट

ट्राफिक नियन्त्रण १४३ औं समूहको तालिम सञ्चालन हुदै

२०७८ फागुन २९, आईतबार प्रकाशित ( साल अघि) ६२६ पाठक संख्या
काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथमा १४३ औं समूहको ट्राफिक नियन्त्रण तालिम सुरु भएको छ ।
आइतबार महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उमेश राज जोशीले महाशाखामा आयोजित कार्यक्रमबीच उक्त तालिमको उद्घाटन गर्नुभयो ।
उद्घाटनमा  प्रहरी वरिष्ठ उपरीक्षक जोशीले प्रशिक्षार्थीहरूले अनुशासित, लगनशील र ईमान्दार भएर तालिम हासिल गर्नुपर्ने चर्चा गर्दै ट्राफिक प्रहरीले सडकबाटै जनताको सेवा प्रदान गर्ने भएकाले मिठो बोलीबचन र व्यवहारिक भएर काम गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा तालिम संयोजक प्रहरी नायव उपरीक्षक सन्तोष रोकाले तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै ४५ दिन कार्य अवधि रहेको उक्त तालिममा प्रहरी हवल्दार २ जना र प्रहरी जवान ७५ जना गरी कुल ७७ जना प्रशिक्षार्थीहरू सहभागि रहेको जानकारी दिनुभयो । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जकै तत्त्वावधानमा तालिम सञ्चालन भएको छ ।
तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस