२०८१ जेष्ठ ६, आईतबार
नयाँ
पछिला अपडेट

नवलपुरमा बस र कार ठोक्किँदा वडा सदस्यको मृत्यु

२०७८ फागुन २८, शनिबार प्रकाशित ( साल अघि) ९५१ पाठक संख्या

कावासोती  । नवलपुरमा बस र कार ठोक्किँदा बसमा सवार एक यात्रु अचानक वेहोस भई निधन भएको छ।

शुक्रबार राति गैडाकोट थुम्सीमा पूर्वबाट पश्चिम जाँदै गरेको ना ६ ख ९४५९ नम्बरको बसले पश्चिमबाट पूर्व आउँदै गरेको प्र ३- ०१ – ०२२ च ५८०७ नम्बरको कारलाई ठक्कर दिएको हो ।

दुर्घटनाका कारण बसमा सवार एक जना यात्रु अचानक बेहोस भएको र उनको उपचारको क्रममा सरकारी अस्पताल भरतपुर चितवनमा निधन भएको प्रहरीले जनाएको छ ।

ललितपुर १० कुपण्डोल निवासी ६० बर्षीय बासुदेव थापाको निधन भएको हो । थापा ललितपुर – १० का वडा सदस्य हुन् । दुर्घटनामा अन्य मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस