२०८१ जेष्ठ ७, सोमबार
नयाँ
पछिला अपडेट

चितवनमा नदिजन्य पदार्थ चोर्ने सवारी चितवन प्रहरीको नियन्त्रणमा

२०७८ फागुन २६, बिहिबार प्रकाशित ( साल अघि) ७९२ पाठक संख्या

चितवन । चितवन प्रहरीले नदीजन्य पदार्थ चोरी कार्यमा संलग्न २० वटा सवारी नियन्त्रणमा लिएको छ । आज (बिहीबार) जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको टोलीले इच्छाकामना गाउँपालिका ७ भालुमाराबाट ति सवारी साधन नियन्त्रणमा लिएको हो ।

चितवनका प्रहरी प्रवक्ता डिएसपी नरहरि अधिकारीका अनुसार नदिजन्य पदार्थ उत्खनन् तथा ओसार पोसार गरिरहेको अवस्थामा चार वटा जेसिबी, लोड गरिसकेका दश वटा टिपर र ६ वटा ट्रयाक्टर नियन्त्रणमा लिईएको हो ।

नियन्त्रणमा लिईएका ति सबै सवारी साधनलाई आवश्यक कारबाहीका लागि लागी जिल्ला समन्वय समितिको कार्यालयमा बुझाईएको डिएसपी अधिकारीले जानकारी दिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस