२०८१ जेष्ठ ६, आईतबार
नयाँ
पछिला अपडेट

वरिष्ठ पत्रकारद्वय बस्नेत र राणामाथि  भएको हिंसाहरूप्रति पत्रकार महासङ्घको विज्ञप्ति

२०७८ फागुन २६, बिहिबार प्रकाशित ( साल अघि) ६४५ पाठक संख्या

काठमाडौं । मिडिया एड्भोकेसी गुप्रको संस्थापक अध्यक्ष, वरिष्ठ पत्रकार तथा सम्पादक बबिता बस्नेत र महिला अधिकारकर्मी बन्दना राणा विरुद्ध सामाजिक सञ्जालमा आएका नकारात्मक टिप्पणी प्रति पत्रकार महासंघले निन्दा गरेको छ ।

घटना र बिचार साप्ताहिकमा फाल्गुन १८ गते प्रकाशित भएको ‘बलात्कारसम्बन्धी कानुनको समीक्षा गरौँ’ भन्ने शीर्षकमा छापिएको समाचारलाई लिएर केही महिला अभियन्तासहितले समूह बनाएर बस्नेतको चरित्रहत्या गर्ने तरिकाले #BoycottBabitaBasnet भनेर एक सय १९ जनाको हस्ताक्षर सहित बहिष्कार अभियान चलाएका थिए ।यस्तै उक्त समहुले धम्कीपूर्ण चेतावनीसहित राणा र बस्नेतलाई सामाजिक बहिष्कार गर्न तथा राष्ट्रसङ्घीय प्रतिनिधित्वबाट राणालाई हटाउन माग गर्दै #BoycottBandanaRana लेखेको विज्ञप्ति सार्वजनिक गरेका थिए ।

सामाजिक सञ्जालमा एक भएर उनीमाथि विभिन्न आरोप लगाउँदै बहिष्कार गर्न सबैलाई आग्रह गरेका थिए । तर, धेरै जसो मानिसहरूले बस्नेत र राणाकै समर्थन गरेको देखिएको थियो । महासंघले वरिष्ठ पत्रकार तथा सम्पादकीय नेतृत्वमा रहेका बस्नेत र राणा अभिव्यक्ति स्वतन्त्रताको पक्षधर र प्रेस स्वतन्त्रताका अभियन्ता रहेको भन्दै उनीहरूले राखेको विचारका कारण हतोत्साहित गर्ने र बहिष्कार गर्ने जस्ता अभियान चलाइनु लोकतान्त्रिक समाजमा नसुहाउने विज्ञप्ति मार्फत बताएको छ ।

टेलिफोन सम्पर्कमा नेपाल पत्रकार महासंघका महासचिव रोशन पुरीले भने, ‘उहाँहरू अभिव्यक्ति स्वतन्त्रताको पक्षधर, प्रेस स्वतन्त्रताको पक्षधर हुनुहुन्छ । कुनै विषयमा लेख रचनामार्फत आफ्नो विचार व्यक्त गर्न पाउनु प्रत्येक व्यक्तिको स्वतन्त्रताको कुरा रहेकोले उहाँहरू माथि बहिष्कार अभियान चलाउनु गलत हो । महासंघ सधैँ सत्यको पक्षमा उभिन्छ ।’

बस्नेत र राणाविरुद्ध घृणायुक्त वक्तव्य जारी गर्नेमा विशेष गरी ट्विटरमा सक्रिय महिलावादीहरू नै छन् । त्यसमा नाम चलेका केही महिला अधिकारकर्मी, डाक्टर, पत्रकार समेत रहेका छन् । उनीहरूले महिला दिवसकै अवसर पारेर बस्नेत र राणालाई सामाजिक बहिष्कार गर्न अपिल गरेका थिए ।

‘मेरो पत्रकारिताको क्यारियरमा अहिलेसम्म कसैप्रति आग्रह पूर्वाग्रह राखेर काम गरेको छैन । जुन लेखको बारेमा उहाँहरूले मलाई बहिष्कार गर्न आव्हान गर्नुभएको छ त्यो लेख कसैप्रति लक्षित नभएर हाम्रो देशको नीति र कानुन परिवर्तन गर्नुपर्छ भनेर लेखिएको छ । त्यस्ता शब्दहरू पनि छैनन् ।’ बस्नेतले केटिएम दैनिकसँग भनिन् ।

उनले भनिन्, ‘आफ्नो देशको कानुन परिमार्जन हुनुपर्छ भनेर बहसमा ल्याएको लागि विचार म स्वतन्त्र छु । अहिले मेरो लेखलाई लिएर म विरुद्धमा जसरी अभियान चलाइयो । त्यसलाई मैले एक जना पत्रकार माथि भएको हिंसाको रूपमा लिएको छु ।’

युनिस्कोले भर्खरै सार्वजनिक गरेको एक रिपोर्ट अनुसार अहिले विश्वव्यापी रूपमा लेखेको कारणले महिला माथि हुने हिंसा हुने बढेको छ । बस्नेत र राणामाथि भएका यस्ता हिंसा पनि नेपालको एउटा उदाहरणको रूपमा लिन सकिन्छ ।

पत्रकार महासंघले जारी गरेको बिज्ञप्ती
तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस