२०८१ जेष्ठ ७, सोमबार
नयाँ
पछिला अपडेट

कोल्हुवामा स्त्रीरोग सम्बन्धी स्वास्थ्य शिबिर सम्पन्न

२०७८ फागुन २४, मंगलबार प्रकाशित ( साल अघि) १६२२ पाठक संख्या

कोल्हुवा । पुर्ब नवलपरासीको मध्यबिन्दु नगरपालिका – २ कोल्हुवामा मंगलवार स्त्रीरोग सम्बन्धि स्क्रीनिङ्ग विशेषज्ञ शिविर सम्पन्न भएको छ ।

मध्यविन्दु नगरपालीका – १ देखि ४ सम्मका नागरिकलाई पायक पर्ने गरि नवलपुर स्वास्थ्य चौकी कोल्हुवामा सो शिविर सम्प्रन्न भएको थियो ।

Received_703361600666770

मध्यविन्दु नगरपालिकाको स्वास्थ्य शाखाले पाठेघरको मुखको क्यान्सर भएका बिरामी पहिचान गर्ने र पाठेघर खस्ने समस्या न्युनीकरणका लागि जनचेतना अभिबृद्धी गर्ने उद्देश्यले शिबिर आयोजना गरेको थियो । शिबिरमा ८५ जनाले सेवा लिएका थिए । पाठेघरको शल्यक्रिया गर्नुपर्ने समस्या भएका बिरामीको पहिचान गरि चितवन रिफर समेत गरिएको थियो  ।

पाठेघरको मुखको क्यान्सर कारण अकालमा ज्यान गुमाउन नपरोस् , बेलैमा संजक भएर त्यसबाट बच्चन सकिने भन्दै शिविरको आयोजना गरिएको नगरपालिका स्वास्थ्या सेवा शाखा प्रमुख खेम बहादुर क्षेत्रीले बताउनुभयो ।  शिविरमा ३० वर्ष देखि ६० वर्षका महिलालाई बढी यस्ता समस्या देखा पर्ने भएकाले त्यहि समूहका महिलालाई सहभागी गराइएको क्षेत्रीले जानकारी दिनुभयो ।

Received_555968288826370

त्यस्तै प्रसुती तथा स्त्रीरोग विशेषज्ञ डा.राम प्रसाद सापकोटाका अनुसार शिविरमा स्त्रीरोग प्रसुती तल्लो पेट ढुखने, पानी जाने, बच्चा नबस्ने जस्ता समस्या भएका बिरामी आएको  बताउनुभयो ।

डा .राम प्रसाद सापकोटा र स्वास्थ चौकिका स्वास्थ कर्मी, कर्मचारीहरुलाई शिविरमा परिचालन  गरि  स्वास्थ्य परिक्षण, परामर्श र निशूल्क औषधी बितरण सम्बन्धी सेवा दिएका थिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस