२०८१ जेष्ठ ७, सोमबार
नयाँ
पछिला अपडेट

११२ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवस मनाइदै 

२०७८ फागुन २४, मंगलबार प्रकाशित ( साल अघि) १४४९ पाठक संख्या

काठमाडौं । विश्व भर ११२ औ अन्तराष्ट्रिय श्रमिक महिला दिवस मनाइदै छ । सोही अवसरमा नेपालमा पनि विविध कार्यक्रमको आयोजना गरिएको छ । मंगलवार महिला, बालबलिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले एक कार्यक्रमको आयोजना गरी श्रमिक महिला दिवस मनाएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाको प्रमुख आतिथ्यमा सम्पन्न सो कार्यक्रममा कानुनमा महिलाको अधिकार सुनिश्चित भएपनि व्यवहारमा उतार्न कठिन भएको तथा विभिन्न कानूनहरूको परिमार्जन गर्न आवश्यक रहेको वक्ताहरूले बताएका छन । राष्ट्रिय योजना आयोगकी सदस्य सलोनी सिंहले महिलाको अधिकार हरेक क्षेत्रमा सुनिश्चित भैसकेको तर महिला माथि अझै पनि पुरातन सोच मूल्य मान्यता हावी भएको बताउनु भएको छ । यसैगरी शहरी विकास मन्त्री रामकुमार झाक्रि ले, महिलाको सवाल सबैको सरोकारको विषय भएको बताउँदै अझै पनि छोराछोरीमा विभेद कायम रहेको र गर्भ पहिचान गरि छोरी छ भने गर्भपतन गर्ने कार्य बढेको भन्दै  गर्भपतन सम्बन्धी कानुनलाई परिमार्जन गर्ने वेला भएको बताउनु भएको छ ।

Received_811022593186734

कार्यक्रमका प्रमुख अतिथि प्रधानमन्त्री शेरबहादुर देउवाले महिला अधिकार स्थापित गर्न सरकार कटिबद्ध रहेको र हरेक क्षेत्रमा महिला सहभागिता बढाउन आवश्यक रहेको जिकिर गर्नु भएको छ । कार्यक्रममा उर्जा जलस्रोत सिचाइ मन्त्री पम्फा भुसालले, कागजमा मात्रै सीमित अधिकार सबै क्षेत्रको महिलामा लैजान आवश्यक रहेको बताउँदै महिला दिवसको अनुभुति सबै क्षेत्रको महिलालाई हुनु पर्नेमा जोड दिनु भएको छ ।

महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीले महिला, बालबालिका र यौनिक तथा लैगिंक अल्पसङ्ख्यकको सवालमा मन्त्रालयले निरन्तर कार्य गर्दै आएको र आउने दिनहरूमा सबै क्षेत्रसँग समन्वय गरि थप कार्य गर्ने जानकारी दिनु भएको छ । कार्यक्रममा महिला ,बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रलायले दुर्गम स्थानको सुत्केरी महिलाहरूलाई हेलिकप्टर मार्फत हवाइ उद्धार कार्यमा सहयोग गरे वापत नेपाली सेनाको युद्ध कार्य निर्देशनालयलाई कदरपत्र प्रदान गरेको छ । महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयले २०७५ देखि २०७७ पौष सम्म दुर्गम स्थानका तिन सय ५० सुत्केरी महिलाहरूलाई हवाइ उद्धार गरेको छ ।

Received_1069763043576726

११२ औ अन्तराष्ट्रिय महिला दिवसको अवसरमा महिला मानव अधिकार रक्षक सञ्जाल, संघसस्था, विद्यार्थी लगायतको समुहले महिलाको श्रमको सम्मानको लागि एक वर्षे अभियानको घोषणा गरेको छ । महिलाको श्रमको पहिचान, मान्यता एवं रोजाइको काम गर्न पाउने अधिकारका लागि महिला दबाब अभियान भन्ने नाराको साथ दबाबमूलक कार्य सुरु भएको अधिकारकर्मी डा रेणु अधिकारीले बताउनु भयो ।

अधिकारीका अनुसार सो अभियानको अवधिभर विभिन्न कार्यक्रमहरूको आयोजना गरिने र सन २०२३ को मार्च ८ मा अभियानको समापन हुने जानकारी दिनु भयो ।  मंगलवार काठमाण्डु स्थित खुलामञ्चमा अभियान घोषणा कार्यक्रमलाइ सम्बोधन गर्दै अधिकारकर्मी डा। रेणु अधिकारीले महिलाको श्रमको सम्मान नभएकोले महिला माथि हिंसा भैरहेको जिकिर गर्दै महिलाको श्रम सम्मानको लागि सुरु गरिएको एक वर्षको अभियानले पक्कै पनि सकारात्मक सन्देश दिने विश्वास व्यक्त गर्नु भयो । सो अवसरमा    महिलाको श्रम सम्मानको लागि विभिन्न सास्कृतिक कायर्क्रमहरू प्रस्तुत गरिएको  िथयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस