२०८१ बैशाख ७, शुक्रबार
नयाँ
पछिला अपडेट

श्रमको पहिचान,मान्यता एवं रोजाईको काम  गर्न  पाउने  अधिकारका  लागि  एक वर्ष दबाब मूलक अभियान हुने 

२०७८ फागुन २४, मंगलबार प्रकाशित ( साल अघि) ८७१ पाठक संख्या

काठमाडौं । महिलाको  श्रम पहिचान मान्यता एवं  रोजाईको  काम  गर्न  पाउने  अधिकारका  लागि  एक वर्ष  दबाब मूलक  अभियान हुने भएको छ । महिला मानव अधिकार रक्षक सञ्जाल, सामाजिक संघसंस्थाहरू, महिलावादी, विद्यार्थी, तथा अधिकारकर्मीहरूले सोमबार जारी गरेको संयुक्त विज्ञप्तिमा दबाब मूलक अभियानको बारेमा जनाइएको छ ।

११२ औ अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारेर फाल्गुन २४ गते मङ्गलवार एक वर्ष अभियानको घोषणा गरिने महिला पुनर्स्थापना केन्द्रकी अध्यक्ष डा.रेणु अधिकारीले बताउनु भयो । अधिकारीले महिलाको श्रमको पहिचान लिएर सुरु हुन लागेको अभियानलाई सफल बनाउन सबैले आ आफ्नो तर्फबाट योगदान दिन समेत आग्रह गर्नु भयो । साथै महिलाको कामको सम्मान नभएसम्म लैगिंक  समानता पनि नहुने अधिकारी दावी छ ।

महिलाको आफ्नो श्रम, शरीर र पहिचान माथि आफ्नै अधिकार स्थापित हुन सक्दैन र त्यसका लागि राज्य र समाजले नीतिगत र व्यवहारिक रुपमा रूपान्तरणकारी भूमिका खेल्दै मानव अधिकारमुखी संस्कृतिको निर्माण गर्न सक्दैन तबसम्म   सामाजिक न्याय सहितको दिगो विकासको सुनिश्चितता हुन नसक्ने विज्ञप्तिमा उल्लेख गरिएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस