२०८१ बैशाख ८, शनिबार
नयाँ
पछिला अपडेट

निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाद्वारा कर्जा तथा बचत परिचालन तालिम सम्पन्न

२०७८ फागुन २२, आईतबार प्रकाशित ( साल अघि) २३८२ पाठक संख्या

पोखरा । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड, क्षेत्रीय कार्यालय पोखराको आयोजनामा फाल्गुण १८ गते पोखरा क्षेत्रीय कार्यालय अन्र्तगत शाखा कार्यालयमा कार्यरत लेखापाल , सहायक र कनिष्ठ सहायक गरी कुल २४ जनाको उपस्थितीमा कर्जा तथा बचत परिचालन तालिम सम्पन्न भयो ।

केन्द्रीय कार्यालयबाट कर्जा असुली बिभागका बिभागीय प्रमुख नारायण प्र. न्यौपाने , क्षेत्रीय कार्यालयका क्षेत्रीय प्रबन्धक बिष्णु प्रसाद पराजुली तथा कार्यक्रम अधिकृत दामोदर पाठकको उपस्थिति रहेको कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत जनार्दन देव पन्तले भर्चुवल माध्यमद्धारा तालिमको उद्घाटन गर्नु भएको थियो ।

कार्यक्रममा अधिकृत दामोदर पाठकले शाखा गत कर्जा बचत अनुपात तथा निस्कृय कर्जाको बारेमा जानकारी गराउनु भएको थियो । क्षेत्रिय प्रमुख श्री विष्णु प्रसाद पराजुलीेले  Techniques to Manage Delinquency को बारेमा प्रकाश पार्दै भाखा नाघेको कर्जाले संस्था, कर्मचरीहरु र असल ग्राहकलाई पार्ने प्रभावको बारेमा जानकारी गराउदै कर्जा गुणस्तर कायम गर्न गर्नुपर्ने कार्यहरु र कर्जाको भाखा नाघ्न नदिनकोलागि गर्नुपर्ने कार्यहरुको बारेमा जानकारी गराउनु भएको थियो ।

बिभागीय प्रमुख नारायण प्रसाद न्यौपानेले Need of Saving in MFIs, Strategies of Saving Increment in MFIs को बारेमा जानकारी गराउदै बचत परिचालन किन र कसरी ?, संस्थामा बचत तथा निक्षेपको अवस्था, संस्थामा रहेका बचत तथा निक्षेप सेवाहरु र सम्भावनाहरुको बारेमा जानकारी गराउनु भएको थियो ।

विभागी प्रमुख नारायण प्रसाद न्यौपानेले  Organization operational strategies को बारेमा जानकारी गराउदै लगानीयोग्य रकमको ब्यवस्थापन, संस्थागत आम्दानी तथा खर्च, संस्थामा भएका नितिगत सुधार, संस्थाको उद्देश्य कार्यान्वयन र आजको आवश्यकता बारेमा जानकारी गराउनु भएको थियो ।

कार्यक्रममा अधिकृत दामोदर पाठकले Need and use of  RAAI, Exercise बारेमा जानकारी गराउदै सहभागीहरुलाइ अभ्याश गराउनु भएको थियो ।

तलिमको अन्तिम सत्रमा बिभागीय प्रमुख नारायण प्रसाद न्यौपानेले Processing of Samunnat Saving transaction & report in MIS बारेमा जानकारी गराउनु भएको थियो ।

तालिमको अन्तिममा सहभागीहरुलाई समुहगत प्रस्तुति गर्न लगाई समुन्नत बचत खाता बृद्धिकालागी लक्ष्य निर्धारण गरीयो र अन्तमा विभागीय प्रमुख नारायण प्रसाद न्यौपानेले तालिममा सिकेका कुराहरु ब्यवहारमा उतारि संस्थाले दिएको लक्ष्य अनुसारको प्रगति हुनेगरी कर्मचारीहरुलाई आव्हान गर्दै तालिमको समापन गर्नु भएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
११%३%१%

प्रतिक्रिया दिनुहोस