२०८२ अषाढ ३२, बुधबार
नयाँ
पछिला अपडेट

तास खेलिरहेको अवस्थामा १२ जना पक्राउ

२०७८ फागुन १९, बिहिबार प्रकाशित ( साल अघि) १२५१ पाठक संख्या

मोरङ, उर्लाबारी नगरपालिका-७ बस्ने ५६ वर्षीय कृष्ण बहादुर प्रधानको घरमा तास खेलिरहेको अवस्थामा प्रधान समेत ७ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । उनको घरमा तास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय उर्लाबारी र जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख ४२ हजार १ सय ८५ रूपैयाँ  र ८  बुक तास सहित पक्राउ गरेको हो ।

दाङ, घोराही उपमहागरपालिका-१८ मसिना बस्ने ३२ वर्षीय बुद्धिराम रोकाको घरमा तास खेलिरहेको अवस्थामा रोका लगायत ५ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । उनको घरमा तास खेलिरहेको भन्ने सूचनाको आधारमा वडा प्रहरी कार्यालय घोराहीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ८ हजार ६ सय रूपैयाँ  र १ गड्डी तास सहित पक्राउ गरेको   हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस