२०८१ जेष्ठ ७, सोमबार
नयाँ
पछिला अपडेट

चितवनको माटोमा अम्लियपना

२०७८ फागुन १२, बिहिबार प्रकाशित ( साल अघि) ९७१ पाठक संख्या

चितवन । जिल्लाका अधिकांश क्षेत्रको माटोमा अम्लियपना बढी देखिएको छ । प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना कार्यान्वयन इकाई चितवनले यही फागुन ४ र ५ गते गरेको माटो परिक्षणका क्रममा यस्तो भेटिएको हो । परिक्षणका क्रममा ५० प्रतिशत माटोमा अम्लियपना भेटिएको कार्यालयले जनाएको छ ।

कार्यालयका सूचना अधिकारी माधब पौडेलका अनुसार २ सय ५८ वटा नमुना परिक्षण गरिएकोमा १ सय २९ वटा नमुनामा अम्लियपना भेटिएको हो । माटोमा अम्लियपना मात्रै नभएर उर्वरा शक्तिमा ह्रास आएको परिक्षणमा भेटिएको थियो । उहाँका अनुसार माटोको परिक्षणमा १ देखि १४ सम्म पिएच हुने गर्दछ । त्यस मध्ये ७ तटस्थ हो । ७ भन्दा तल देखिएमा अम्लियपना र माथि भएमा छारिय भनिने उहाँको भनाई छ । ६ पिएच सम्मलाई धान खेतीमा राम्रो नै मानिन्छ ।

किसानले बालीमा जथाभावी रासायनिक मल र बिषादीको प्रयोग गर्दा माटोमा अम्लियपना बढी भेटिएको उहाँले जानकारी दिनुभयो । यस्तै ५० प्रतिशत माटोमा प्राङ्गारिक पदार्थको कमी देखिएको उहाँले बताउनुभयो । माटोमा अम्लीयपन र क्षारीय तत्व बढेमा बालीनालीले प्राप्त गर्ने तत्वको कमी हुने र माटोको सूक्ष्म तत्व गुम्ने हुन्छ । विशेष गरि व्यवसायीक खेति गर्ने किसानहरुले अव्यवस्थित रुपमा रासायनिक मलको प्रयोग गर्दा माटोले उत्पादकत्व कम हुने उहाँले बताउनुभयो ।

उत्पादन क्षमता कायम राख्दै उत्पादन बढाउन नियमित माटो परीक्षण गराउँदै चुन र प्राङ्गारिक मलको प्रयोग बढाउनु पर्ने बताउनुभयो । उहाँले स्थानीय तहहरुले समन्वय गरेर नियमित रुपमा माटो परिक्षण गर्नुपर्ने जानकारी दिनुभयो । किसानले सिफारिस अनुसारको मात्रा प्रयोग नगर्दा माटोमा अम्लियपना बढेको उहाँले बताउनुभयो । उत्पादकत्व घट्दै गएपछि प्रधानमन्त्री कृषि आधुनिकिरकण परियोजना कार्यान्वयन एकाई चितवनले घुम्ती शिविरको आयोजना गरेको हो ।

कार्यालयले भरतपुर महानगरपालिकाका बिभिन्न वडाहरुमा तरकारी खेती गरिएको क्षेत्र, पूर्बी चितवनमा केरा खेती गरिएका क्षेत्र, धान खेती गरिएका क्षेत्रहरुको माटोको नमुना परिक्षण गरिएको थियो । जिल्लाका ७ वटै पालिकाबाट माटोको नमुना संकलन गरिएको उहाँले बताउनुभयो । मल तथा माटो परिक्षण प्रयोगशालाको प्राबिधिक सहयोगमा गरिएको परिक्षणमा नाइट्रोजन मध्यम, फस्फोरस उच्च र पोटास मध्यम अबस्थामा देखिएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस