२०८१ जेष्ठ ७, सोमबार
नयाँ
पछिला अपडेट

चितवनमा बाघको आक्रमणबाट वृद्धाको मृत्यु

२०७८ फागुन १२, बिहिबार प्रकाशित ( साल अघि) १३६७ पाठक संख्या

चितवन । चितवनमा बाघको आक्रमणबाट एक वृद्धाको मृत्यु भएको छ । भरतपुर महानगरपालिका ६ की ६० वर्षीया चिजा सार्कीको आज (बिहीबार) बाघको आक्रमणबाट ज्यान गएको हो ।

भरतपु १३ बेलसारस्थित चितवन राष्ट्रिय निकुञ्ज भित्र घास काट्ने गएकी सार्कीलाई बाघले आक्रमण गरेको हो । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज दिउँसो १:३० बजे सार्कीसहित, भरतपुर १३ की सिता दराई र सोही स्थानका हेमराज सापकोटा घास काट्न गएका थिए ।

उनीहरु मध्ये सार्कीलाई एक्कासी बाघले आक्रमण गरेको हो । बाघले आक्रमण गरेको खबर पाउनसाथ ईलाका प्रहरी कार्यालय गितानगर र निकुञ्जको वनको टोली हात्ती सहित घटनास्थलमा पुगेका थिए ।

टोली घटनास्थलमा पुग्दा सार्कीलाई बाघले खाइरहेको र मृत्यु भईसकेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । अन्य दुई जना भने सकुसल रहेका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस