२०८१ जेष्ठ ७, सोमबार
नयाँ
पछिला अपडेट

नवलपुरमा लागुऔषध सहित एक जना पक्राउ

२०७८ फागुन १०, मंगलबार प्रकाशित ( साल अघि) ६२० पाठक संख्या

चोरमारा । प्रहरीले प्रतिबन्धित लागुऔषध सहित एक जनालाई पक्राउ गरेको छ ।  नवलपुरको हुप्सेकोट गाउँपालिका १ जुगेपानी निवासी ३५ बर्षीय मंगल पुनलाई लागुऔषध सहित पक्राउ गरेको हो ।

मंगल पुनको घर कोठामा विशेष सूचनाको आधारमा खान तलासी गर्दा लागुऔषध बरामद गरेको प्रहरी चौकी हुप्सेकोटले जनाएको छ । उनको घरबाट प्रहरीले फेनारगन २४ एम्पुल, नुफिन २२ एम्पुल, डाईजापाम २१ एम्पुल र नाम नखुलेको निलो रङको ट्याबलेट १ सय ९६ पिस बरामद गरेको हो ।

लागुऔषध सहित पक्राउ परेका पुनबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस