२०८१ बैशाख २७, बिहिबार
नयाँ
पछिला अपडेट

झ्यालबास–डेडगाउँ सडक कालोपत्रे हुने

२०७८ फागुन ९, सोमबार प्रकाशित ( साल अघि) १२५० पाठक संख्या

नवलपुर । नवलपुरलाई गण्डकी प्रदेशको राजधानी पोखरासँग जोड्ने प्रादेशिक सडक हुप्सेकोटको झ्यालबास हुदै बौदीकालीको डेडगाउँसम्मको बाटो निर्माण हुने भएको छ । यहाँको १४ किलोमिटर ग्रामीण सडक खण्ड निर्माणको प्रक्रियामा रहेको पूर्वाधार विकास कार्यालय नवलपुरका प्रमुख रविन्द्र तिवारीले बताउनुभयो ।

मध्यविन्दुको चोरमारा र कावासोतीको डण्डास्थित मुख्यमार्गका दुई ठाउँवाट हुप्सेकोटको झ्यालबाससम्म सहज सडक सञ्जाल रहेको छ । यहाँदेखि डेडगाउँसम्मको १४ किलोमिटर ग्रामीण बाटो रु. ५१ करोडको लागतमा निर्माण हुने पूर्वाधार विकास कार्यालयका प्रमुख तिवारीले बताउनुभयो ।

निर्माण सुरु भएको तीस महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको झ्यालवास–डेडगाउँ खण्डमा सडकको चौडाई ७ मिटर कालोपत्रे हुने जनाईएको छ । निर्माण कार्य यही चैतबाट सुरु हुने जनाईएको छ । सडक पूर्वपश्चिम राजमार्गसँग जोडिने यो सडक झ्यालबासदेखि डण्डा र झ्यालबासदेखि चोरमारासम्म यसअघि नै निर्माण भइसकेको छ ।

उक्त सडक भोलि मङ्गलबार गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले डेढगाउँमा शिलान्यास गर्ने कार्यक्रम रहेको बताइएको छ । बौदिकाली गाउँपालिकाले शिलान्यास कार्यक्रम आयोजना गर्न लागेको त्यहाँका प्रमुख प्रशासकीय अधिकृत प्रदीपचन्द्र सुवेदीले जानकारी दिनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
८%११%३%१%

प्रतिक्रिया दिनुहोस