२०८१ बैशाख २६, बुधबार
नयाँ
पछिला अपडेट

राधा क्यान्सर सचेतना पत्रकारिता पुरस्कार पत्रकार ज्योति अधिकारीलाई

२०७८ फागुन ९, सोमबार प्रकाशित ( साल अघि) ६९७ पाठक संख्या

मिना कंडेल

नवलपुर । राधा क्यान्सर सचेतना तथा हिंसाविरुद्वको राष्ट्रिय पत्रकारिता पुरस्कार पत्रकार ज्योति अधिकारी प्रदान गरिएको छ । राधा क्यान्सर सचेतना फाउण्डेसनद्वारा स्थापित अक्षयकोषबाट प्रदान गरिने २० हजार राशीको राधा क्यान्सर सचेतना तथा हिंसाविरुद्वको राष्ट्रिय पत्रकारिता पुरस्कारका लागि यस वर्ष परेका आवेदक मध्येबाट ‘नेपाल समय डटकम’ मा कार्यरत चितवनकी अधिकारी छनोट भएकी हुन् ।

फाउण्डेसनले स्व. राधा बस्यालको जन्मजयन्तीमा हरेक वर्ष हिंसाविरुद्वको राष्ट्रिय पत्रकारिता पुरस्कार उत्कृष्ठमध्ये एक जना पत्रकारलाई प्रदान गर्दै आइरहेको छ ।

कार्यक्रममा बोल्दै गण्डकी प्रदेश विधायन समितिका सभापति विष्णुप्रसाद लामिछानेले राधाले मृत्युवरण हुने समयसम्म पनि गरेको साहसबाट सवैले सिक्नु पर्नै बताउनु भयो । आफु रोगसंग लडिरहेको अवस्थामा पनि समाजप्रति गरेको उनको योगदानलाइ भुल्न नहुने भन्दै क्यान्सर तथा हिंसामा परेका व्यतिmको पत्रकारिताबाट नै न्युनिकरण गर्न सकिने बताउनु भयो ।

साथै उहाँले क्यान्सर रोगका बिरामीले निशुल्क उपचार पाउने बताउनु भयो । गण्डकी प्रदेशले क्यान्सरबाट अकालमा ज्यान गुमाएका व्यतिmको सहजताका लागि निशुल्क उपचार गर्न लागिएको बताउनु भयो ।

त्यस्तै कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले हिंसामा परेका महिला तथा पुरुषका लागि सहयोग गर्न रकम विनियोजन गरेको बताउनु भयो । जिल्लामा रहेर जुनसुकै हिंसालाइ निरुत्साहित गर्न आफु सदैव तयार हुने बताउनु भयो ।

कार्यक्रममा कांग्रेस नेता गोपाल बस्ताकोटी, नेपाल पत्रकार महासंघ नवलपुरका अध्यक्ष विरेन्द्र पराजुली, वडाअध्यक्ष लक्ष्मी पौडेलले निडर र साहसी राधाले समाज परिवर्तनमा पुयाएको योगदानका बारेमा चर्चा गर्दै आउने दिनमा उनले शुरु गरेको क्यान्सर सचेतनाका कार्यक्रमलाइ निरन्तरता दिनु् पर्नैमा जोड दिनु भयो ।

वि.स २०४८ सालमा जन्मिएकी पत्रकार राधा बस्यालको २०७७ कार्तिक १४ गतेका दिन स्तन क्यान्सरको कारणले निधन भएको थियो । एक दशक भन्दा लामो समयदेखि नवलपुरमा रहेर पत्रकारिता गर्दै आएकी राधाले वैवाहिक जीवनपछि व्यक्तिगतरुपमा घरेलु हिंसा र क्यान्सरसँग लड्दै आएकी थिइन ।

समाजमा महिला हिंसा र स्तन क्यान्सरको विषयमा सचेतना अभियान सन्चालन गर्न राधा क्यान्सर फाउन्डेसनको स्थापना गरेर गाउँ गाउँमा सचेतना अभियानसमेत चलाएकी थिइन । राधाको निधनपश्चात फाउन्डेसनलाई उहाँका भाइ पत्रकार प्रकाश बस्यालले निरन्तरता दिइरहेका छन् ।

गत वर्षको राधा क्यान्सर सचेतना तथा हिंसाविरुद्वको राष्ट्रिय पत्रकारिता पुरस्कार महिला स्वास्थ्य डटकमकी बर्दीयाकी समृद्धा केसीलाई प्रदान गरिएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस