२०८० चैत्र १६, शुक्रबार
नयाँ
पछिला अपडेट

कांग्रेस सभापतिका दाबेदार घिमिरेको प्रतिबद्धता: निर्वाचनमा पार्टीलाई बहुमत दिलाउने

२०७८ फागुन ९, सोमबार प्रकाशित ( साल अघि) १६६२ पाठक संख्या

कावासोती । १४ औँ महाधिवेशनमा कांग्रेसका सभापतिका उम्मेदवार बालकृष्ण घिमिरेले पार्टीलाई रुपान्तरण गरी आउदै गरेको निर्वाचनमा बहुमत दिलाउने सम्मका मुख्य एजेन्डा बनाएका छन् ।

घिमिरेले आगामी तिनै तहका निर्वाचनमा पार्टीलाई बहुमत दिलाउने देखि पार्टीमा गुटबन्दी अत्य र पारदर्शिताको मुद्दा समेत अघि सारेका छन् । फागुन २० गते हुने जिल्ला अधिवेशनमा आफूले सभापति पदमा उम्मेदवारीको घोषणा गरिसकेको घिमिरेले बताए ।

घिमिरेले आफूलाई सबै क्षेत्रीय प्रतिनिधिको समर्थन प्राप्त हुने विश्वास व्यक्त गरे । “काङ्ग्रेसमा युवा देखि वृद्धवृद्धासम्मको आकर्षण छ, यो पार्टीलाई बलियो र चलायमान बनाउन मेरो भूमिका हुनेछ,” उनले भने ।

नेपाली कांग्रेस नवलपुरको सभापतिमा जिल्ला कार्यसमितिका वर्तमान सचिव बालकृष्ण घिमिरेले  उम्मेदवारी दिने घोषणा सामाजिक संजाल मार्फत हिजो नै गरेका थिए ।

जिल्ला सभापतिमा निर्वाचित भए स्थानीय, प्रदेश सभा र संघीय निर्वाचनमा आफुले उम्मेदवारी नदिने र पार्टीका उम्मेदवारलाई विजय गराउन पूरा शक्ति लगाउने घिमिरे बताउछ्न ।

केन्द्रिय महाधिवेशनमा पुस्ता हस्तान्तरणको मुद्दा  उठेको र अधिकांश पदमा नयाँ पुस्ता आएकोले अब जिल्लामा पनि पुस्ता हस्तान्तरण हुन पर्ने बताउदै नयाँ पुस्ताबाट पार्टीको नेतृत्व गर्न आफू सक्षम रहेको उनले दाबी गरे ।

२०४७ मा सालमा नेपाल विद्यार्थी संघको जिल्ला कार्यसमिति सदस्य भएका घिमिरे , २०५७ मा नेविसंघ जिल्ला सचिव २०६२ मा प्रजातान्त्रिक विचार समाजको संस्थापक जिल्ला सभापति, २०६५ मा प्रजातान्त्रिक विचार समाजको केन्द्रिय सदस्य, नेपाली कांग्रेसको ११ औं र १२ औं महाधिवेशनमा जिल्ला कार्यसमिति सदस्य, १३ औं महाधिवेशनमा जिल्ला सचीव बनेका घिमिरे जिल्लामा बौद्धिक नेताको रुपमा चिनिन्छन ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस