२०८१ बैशाख २६, बुधबार
नयाँ
पछिला अपडेट

बाघको आक्रमणबाट एक जनाको मृत्यु

२०७८ फागुन ७, शनिबार प्रकाशित ( साल अघि) १७४४ पाठक संख्या

बाँके । बाँकेमा घास–दाउराका लागि जंगल गएका एक वृद्धको बाघले आक्रमण गर्दा मृत्यु भएको छ ।

प्रहरीका अनुसार राप्ती सोनारी गाउँपालिका  ६ का ६० वर्षीय धनबहादुर चलाउनेको शनिबार बिहान मृत्यु भएको हो। चलाउने सोही वडाको राप्तीपीडित सामुदायिक वनमा घाँस र दाउरा काट्न गएका थिए ।

उनलाई बिहान ८ बजे बाघले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानेले बताए । लाउनेलाई बाघले घिसारेर लगेको थियो।

उनको शव १० बजेतिर फेला परेको थियो । बाँकेमा असोजयता बाघको आक्रमणबाट पाँच जनाको मृत्यु भइसकेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस