२०८१ जेष्ठ ६, आईतबार
नयाँ
पछिला अपडेट

सह सचिव मुकुन्दप्रसाद निरौला सचिवमा बढुवा

२०७८ फागुन ५, बिहिबार प्रकाशित ( साल अघि) १२२९ पाठक संख्या

काठमाडौं । गृहमन्त्रालयका सह सचिव मुकुन्दप्रसाद निरौला सचिवमा बढुवा हुनु भएको छ ।

 

विहीवार बसेको मन्त्री परिषदको बैठकले निरौलालाई सचिवमा बढुवाको निर्णय गरेको हो । बढुवा सिफारिसको लागि लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षतामा १० दिन अघि बसेको समितिको बैठकले सहसचिव मुकुन्दप्रसाद निरौलालाई पहिलो नम्बरमा , सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव विनोदप्रकाश सिहलाई दोस्रो र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव गोपीकृष्ण खनाललाई तेस्रो नम्बरमा नाम सिफारिस गरेको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस