२०८१ जेष्ठ ६, आईतबार
नयाँ
पछिला अपडेट

नारायणी नदीमा तटबन्धका लागि दोस्रो चरणको ठेक्का आह्वान

२०७८ फागुन ५, बिहिबार प्रकाशित ( साल अघि) ७३० पाठक संख्या

चितवन । नारायणी नदीमा तटबन्धका लागि दोस्रो चरणको ठेक्का आह्वान भएको छ। भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले ठेक्का आव्हान भएको बताईन् । नारायणी नदी तटबन्धन व्यवस्थापन आयोजना भरतपुरले बुधबार ठेक्काको सूचना जारी गरेको हो ।

नारायणी नदीको तटबन्धको दोस्रो प्याकेज भरतपुर महानगरपालिका–१७ गाँजीपुरदेखि भरतपुर–२६ को हीरापुरसम्मको पाँच किमीक्षेत्रमा कंक्रिट ब्लक सहित ग्याबिन जालीका लागी ९९ करोडको टेण्डर आव्हान भएको जानकारी दिईन् ।

नारायणी नदीको भेल बर्सेनि वर्षामा बस्ती पस्ने गरेको छ । त्यसको रोकथामका लागि ५  अर्बको तटबन्ध निर्माण सुरु गरिएको हो । निर्माणका लागि पहिलो खण्डको बोलपत्र आह्वान भइसकेको छ । बाँकी ३ खण्डको पनि यही महिनाभित्र बोलपत्र आह्वान गर्ने गरी काम अघि बढाइएको आयोजनाले जनाएको छ ।

पाँच खण्डमा विभाजन गरेर बोलपत्र आह्वान गर्ने व्यवस्था गरिए अनुसार यो दोस्रो खण्डको ठेक्का आह्वान भएको हो ।  आयोजना प्रमुख रवीन्द्र थापाले कंक्रिटको ब्लक, जाली र साना ठूला ढुंगा राखेर त्यहाँ तटबन्ध निर्माण गरिने बताए । ‘तीन मिटरदेखि ४।५ मिटरसम्म उचाइको तटबन्ध निर्माण गरिने छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम पुर्व प्रधानमन्त्री प्रचण्डको विशेस जोडबलमा नारायणी तटबन्धनका लागि बजेट बिनियोजन भएको हो ।

त्यसमा चितवन र नवलपरासीतर्फ तटबन्धका लागि २३ अर्ब ५८ करोड ४३ लाख रुपैयाँ खर्च लाग्ने प्रस्तावित लागत आएको छ । सोमध्ये पहिलो चरणमा पाँच अर्बको कामका लागि बहुवर्षीय खरिद कार्य अघि बढाउन बजेट सुनिश्चितताका लागि अर्थ मन्त्रालयमा फाइल पठाइएको थियो। मन्त्रालयले ५ अर्ब बराबरको बजेटको स्रोत सुनिश्चतता गरेपछि आयोजनाको काम अघि बढेको हो ।

नारायणी नदीले चितवनतर्फ भरतपुर महानगरपालिका र नवलपरासीतर्फ गैंडाकोट, देवचुली, कावासोती र मध्यबिन्दु नगरपालिका एवं विनयत्रिवेणी गाउँपालिका प्रभावित हुँदै आएका छन ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस