२०८० चैत्र १६, शुक्रबार
नयाँ
पछिला अपडेट

नवलपुरमा व्यावसायिक केरा खेतीमा वृद्धि, मुल्य नपाएर किसान चिन्तित

२०७८ माघ २३, आईतबार प्रकाशित ( साल अघि) १४५८ पाठक संख्या

कावासोती । नवलपुर जिल्लामा उत्पादन हुने फलफूल खेतीमध्ये व्यावसायिक केरा खेतीमा वृद्धि भएको छ ।

जिल्ला कृषि ज्ञान केन्द्र नवलपुरका अनुसार अहिले जिल्लाको मध्यबिन्दु नगरपालिका, कावासोती नगरपालिका र  गैंडाकोट नगरपालिकासहित जिल्लाको बिनय त्रिवेणी गाउँपालिका क्षेत्रमा सबैभन्दा बढी केरा खेती विस्तार भएको छ ।

किसानहरुका लागि केरा खेती नगदेबाली र मुख्य आम्दानीको श्रोतको रुपमा स्थापित हुदै गएपछि यस क्षेत्रका किसानहरु केरा खेती तर्फ आकर्षित हुदै गएका हुन ।

कृषि ज्ञान केन्द्रको तथ्यांकले केरा खेती गत वर्ष जिल्लामा ५ सय हेक्टेयर क्षेत्रफमा भई जिल्लामा कुल १० हजार ६ सय २३ मेट्रिक टन केरा उत्पादन भएको थियो । चालु आर्थिक वर्षमा ५ सय १० हेक्टरमा केरा लगाइएको थियो । जहाँ १२ हजार २ सय मेट्रिक टन केरा उत्पादन भएको थियो । गत वर्षको तुलनामा यसवर्ष केरा खेतीमा किसानहरुको बढदो आकर्षणले १४ प्रतिशतले वृद्धि भएको छ ।

जिल्लामा केरा खेती विस्तारका लागि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना मार्फत केरा खेती पकेट क्षेत्र सञ्चालन भइरहेको छ । जसबाट कृषक समूह, कृषि फर्मलाई अनुदान कार्यक्रम दिइदा केरा खेती बर्सेनि बढिरहेको कृषि ज्ञान केन्द्र नवलपुरका बागवानी विकास अधिकृत शंकर पौडेलले जानकारी दिनुभयो ।

केरा खेतीले व्यापकता पाएपछि जिल्लामा कृषकले न्यूनतम रू एक लाखदेखि आठ लाखसम्मको आम्दानी गर्न सफल भएको कृषकको भनाई छ । मध्यबिन्दु  र कावासोती नगरपालिका भित्र उत्पादन हुने अधिकांश केरा अहिले जिल्ला सदरमुकाम कावासोतीमा नै खरीदविक्री हुने गरेको स्थानीय कृषक बताउँछन् । उत्पादन राम्रो हुँदाहुदै पनि मेहेनत अनुसार मुल्य नपाएको किसानहरु भनाई छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%

प्रतिक्रिया दिनुहोस