२०८० चैत्र १५, बिहिबार
नयाँ
पछिला अपडेट

मध्यविन्दु नगरपालिकाद्वारा कृषकलाई निःशुल्क घाँसका बिउ वितरण

२०७८ माघ २१, शुक्रबार प्रकाशित ( साल अघि) ८१३ पाठक संख्या

चोरमारा । मध्यबिन्दु  नगरपालिका पशु सेवा शाखाले ९ सय किसानहरुलाई उन्नत जातका घाँसका बिउहरु वितरण गरेको छ ।

पशु सेवा शाखाको यस आर्थिक वर्षको स्वीकृत बार्षिक कार्यक्रम अन्र्तगत दुईदिने बर्खे घाँसको बिउ वितरण कार्यक्रम आज सम्पन्न गरेको हो । मध्यविन्दु नगरपालिकाले कृषि पेशामा संलग्न विभिन्न किसानहरुलाई मासु तथा दुग्ध उत्पादन बृद्धिमा सहयोग पुग्ने भन्दै पशु सेवा शाखाले ब्यवसायीक कृषक, दुग्ध उत्पादक कृषकलाई निःशुल्क बिउ वितरण गरेको शाखा प्रमुख  ज्ञान प्रसाद भट्टराईले  बताउनुभयो।

IMG 20220204 WA0010

बर्खे घाँस अन्र्तगत सुडान,बाजुरा जातका बिउ वितरण गरिएको हो । जहाँ कृर्षि फमहरुलाई ५ के.जि, अन्य कृषकहरुलाई २ के.जि बिउ वितरण गरिएको थियो । केहि छुटपुट कृषकहरुले पशु सेवा शाखाको कार्यलयमा आएर पनि लानसक्ने बताउनु भएको छ ।

IMG 20220204 WA0008

यस कार्यक्रमका लागी नगरपालिकाबाट ३.५ लाख बजेट विनियोजित गरिएको हो । कार्यक्रको पहिलो दिन नगर उपप्रमुख ओमकुमारी महतोले बिउ वितरण गदै कार्यक्रमको उत्घाटन गर्नु भएको थियो । कार्यक्रममा बोल्दै उहाँले यस कार्यक्रमबाट कृषकहरुले लाभ लिने विश्वास व्यक्त गर्दे नगरले कृषहरुलाई प्रथामिक्तामा राख्दै आगमी कार्यक्रमहरु ल्याउने बताउनुभयो । घाँसको बिउ प्राप्त गरेकाहरुमा सबैभन्दा बढी पशुपालक कृषकहरु खुशी देखिएका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस