२०८२ बैशाख ३०, मंगलबार
नयाँ
पछिला अपडेट

मिडिया एक्सन नेपाललाई मिडिया फ्रिडम कोलिसन – कन्सल्टेटिभ नेटवर्कको सदस्यता प्राप्त

२०७८ माघ १७, सोमबार प्रकाशित ( साल अघि) ७५८ पाठक संख्या

काठमाडौं ।  मिडिया एक्सन नेपाललाई मिडिया फ्रिडम कोलिसन -कन्सल्टेटिभ नेटवर्कको सदस्यता प्राप्त भएको छ । विगत ६ वर्ष देखि पत्रकारको क्षमता अभिवृद्धि तथा स्वतन्त्र प्रेसको क्षेत्रमा कार्यरत सस्था मिडिया एक्सन नेपाललाई मिडिया फ्रिडम कोलिसन -कन्सल्टेटिभ  नेटवर्कको सदस्यता प्राप्त भएको हो ।

फ्रिडम कोलिसन -कन्सल्टेटिभ  प्रेस स्वतन्त्रता र मिडिया विकासका क्षेत्रमा कार्यरत अन्तराष्ट्रिय संस्थाहरूको नेटवर्क हो । मिडिया फ्रिडम कोलिसनले काममा  सल्लाह दिनुको साथै राज्यको हस्तक्षेप आवश्यक छ भन्ने विश्वास गरिएका केसहरुको छनौटलाई सहजिकरण गर्दछ । यो नेटवर्क सन २०२० काे जनवरी मा स्थापना भएको हो ।

 

करिब २२ सदस्य राष्ट्र रहेको यस नेटवर्कमा मिडिया एक्सन नेपालसँगै आर्टिकल, कमिटी टु प्रोटेक्ट जर्नालिस्ट डब्लु एकेडेमी, फ्रि प्रेस अनलिमिटेड,आइफेक्स, अन्तराष्ट्रिय पत्रकार महासंघ, इनटरनेशनल मिडिया सपोर्ट, इन्टरन्युज युरोप, पाकिस्तान प्रेस फाउण्डेसन, पब्लिक मिडिया एलायन्स, रिपोर्टर्स विदाउट फ्रन्टियर्स, कम्बोडियन सेन्टर फर ह्युमन राइट्स र द गार्जियन लगायतका सस्थाहरु रहेका छन ।

 

नेपालबाट यस अन्तराष्ट्रिय नेटवर्कको सदस्यता प्राप्त गर्ने मिडिया एक्सन नेपाल पहिलो र दक्षिण एशिया क्षेत्रबाट दोस्रो संस्थाको रुपमा रहेको मिडिया एक्सन नेपालका अध्यक्ष एवम् सञ्चारविद् लक्ष्मणदत्त पन्तले जानकारी दिनु भयो । मिडिया एक्सन नेपाललाई कार्य क्षमताको आधारमा मूल्याकंन गर्दै मिडिया फ्रिडम कोलिसन कल्सन्टेटिभ नेटवर्कको सदस्यता प्राप्त भएको अध्यक्ष पन्तले बताउनु भयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस