२०८१ बैशाख १३, बिहिबार
नयाँ
पछिला अपडेट

नवलपुर ट्राफिक प्रहरीद्वारा ८७ लाख राजस्व संकलन

२०७८ माघ १६, आईतबार प्रकाशित ( साल अघि) १४०५ पाठक संख्या

कावासोती । पुर्ब नवलपरासी जिल्लामा चालू आर्थिक वर्षको ६ महिनामा सवारी साधनमाथिको कारबाहीबाट मात्र ८७ लाख राजस्व संकलन भएको छ ।

 

जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरका अनुसार चालू आर्थिक वर्षको पुस मासन्तर सम्म ८७ लाख २ हजार ५ सय रुपैयाँ राजस्व संकलन भएको हो । उक्त अवधिमा १३ हजार ४ सय सवारी साधनमाथि कारबाही गरिएको छ ।

 

ट्राफिक प्रमुख नारायण थापाका अनुसार साउन महिनामा ९ लाख २४ हजार , भदौमा १० लाख ६५ हजार, असोजमा १४ लाख ९५ हजार, कात्तिकमा १८ लाख ५१ हजार ५ सय, मंसिरमा १४ लाख ७३ हजार ५ सय र पुसमा १८ लाख ९५ हजार ५ सय रुपैयाँ राजस्व संकलन भएको छ ।

Screenshot_20220129 193000_Office

यस्तै, कारबाहीका क्रममा साउनमा १ हजार ४ सय ५०, भदौमा १ हजार ७ सय , असोजमा २३ हजार ५ सय १४, कात्तिकमा २ हजार ८ सय ५०, मंसिरमा २ हजार २ सय ५० र पुसमा २ हजार ८ सय सवारी साधनमाथि कारबाही गरिएको कार्यालयले जनाएको छ ।

 

कारबाहीमा पर्नेमा सबैभन्दा बढी मोटर साइकल चालक पछि टिफर÷ट्रक चालक रहेको जिल्ला ट्राफीक प्रहरी कार्यालयका प्रमुख थापाले जानकारी दिनुभयो ।

 

ट्राफिक प्रहरी कार्यालयको तथ्याङक अनुसार सवैभन्दा बढी पुस महिनामा २ हजार ८ सय सवारी कारबाहीमा परेकाबाट १८ लाख ९५ हजार ५ सय राजश्व उठेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%१%१%

प्रतिक्रिया दिनुहोस